होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जिल्लामा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताए । उनले भने, “हिमपातले चिसो बढाएको छ, […]
धनगढीः सुदूरपश्चिमका तीन जिल्लाका नाकाहरु आजदेखि खुल्ने भएका छन्। बन्द गरिएका दार्चुला, कञ्चनपुर र बैतडीका नेपाल–भारत सीमा नाका आजबाट खुल्ने भएका हुन्। छिमेकी मुलुक भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गरिएको थियो। निर्वाचन सुरक्षाका लागि भन्दै दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाट नाका बन्द गरिएका थिए। बन्द भएका नाका आज साँझ […]
धनगढी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आजदेखि ‘हेली टुर’ सुरु भएको छ। खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सले विभिन्न संघ सस्थासंग मिलेर ‘हेली टुर’ सुरु गरेको हो। जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐरले ‘हेली टुर’ कार्यक्रमको उद्धघाटन गरे। आज पहिलो दिन हेलिकोप्टरबाट खप्तड र बडिमालिका घुम्नका लागि २० […]
बझाङ: बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरमार्फत चामल ढुवानी गरिएको छ। आइतबार नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट हेलिकोप्टरबाट चामल साइपाल पु¥याइएको हो। लगातार भएको हिमपातका कारण त्यहाँ खाद्यान्न अभाव भएको थियो। हेलिकोप्टरले ३ पटक गरेर ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना […]
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदूरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलि टुर आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जानकारी दिएको छ । बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ […]
धनगढी : बाजुरामा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरका एक शिक्षक पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ झलारी घर भई बाजुराको सेती कर्णाली एकेडेमी बोडिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक भीम ठगून्ना पक्राउ परेका हुन्। उनले राति होटलेमा सुतिरहेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै आफन्तले मुद्दा दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको […]
धनगढी : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशसहित कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभाग लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार (आज) सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहने र प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। […]
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसहित वरपरका विभिन्न स्थानमा बुधबार वर्षा भइरहेको छ। यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लामा पनि वर्षा भइरहेको छ। वर्षा भएसँगै चिसो बढी यहाँको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिमको पश्चिमी भूभाग लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
काठमाडौँ – आज बुधबार फेरि मौसममा बदली देखिएको छ ।पश्चिमी वायुको प्रभावले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको […]
धनगढीः सुदूरपश्चिममा ३५० मेगावाटको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति प्राप्त भएको छ। मंगलबार बसेको लगानी बोर्डको बैठकले डोटी र डडेल्धुरामा ३५० मेगावाट क्षमताको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति दिएको हो। बैठकले सेन्ट्रल इलेक्ट्रोनिक्स इनर्जी लिमिटेडलाई सौर्य उर्जा आयोजनाको अध्ययन अनुमति दिने निर्णय गरेको हो। जसअन्तर्गत डडेलधुराको अमरगढीमा २२५ मेगावाट र डोटीको सिलगढीमा १२५ मेगावाट क्षमताको […]
धनगढी, २४ माघ । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडीमालिका घुम्न हेलिकोप्टर प्याकेज ल्याइएको छ। अहिले हिउँले सेताम्मे रहेका यी दुई गन्तव्यको दृश्यावलोकन गर्ने चाहाना भएका, तर समय अभावका कारण जान नसक्ने पर्यटकहरुका लागि हेलिटुरको प्याकेज ल्याइएको हो। उक्त प्याकेज २०७८ फागुन १ देखि १० गतेसम्मका लागि रहेको खप्तड होमस्टे झिग्राना तथा खप्तड […]
नागरिक रैबार बाजुरा २४ माघ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ। तर बाजुरामा भने अनुदान पाउने बिद्यालयकाे संख्या भने शुन्य रहेकाे छ । अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए। तीमध्ये ६० विद्यालय […]
बझाङ – बझाङकाे विकट तथा दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न पुगेकाे छ । बाक्लाे हिमपातपछि खाद्यान्न ढुवानी हुनसकेकाे थिएन । साइपालका स्थानीय बासिन्दा खाद्यान्न पुगेपछि खुसी भएका छन् । खाद्य व्यवस्था कम्पनीले भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरेकाे हाे । साइपाल गाउँपालिकाको वडा-३ मा पर्ने काँडा, चुकझाड, बाँझचौका, वडा-४ मा पर्ने धुली, लाफडी, सैनगाउँ र वडा-५ को […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो । २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो । प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको खोपको पहिलो […]
धनगढीः कैलालीकी १७ वर्षीया विवाहित युवती श्रीमानको कुटाई सहन नसकेर माइतीको सरणमा पुगिन्। माइतीले भने श्रीमानसँगै बस्न भने। नभए अर्को विवाह गर्न निरन्तर दबाब दिइरहे। माइती पक्षको दोस्रो विवाह गर्ने दबाब र श्रीमानको कुटाई सहन नसकेर कष्टकर जीवन विताइरहेकी ती युवती दलालको फन्दामा परिन्। सीमा पारी गौरीफन्टा बसेका ती दलालको विवाह प्रलोभनमा परेकी महिलालाई सीमा […]
धनगढी: पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद्को भनाई छ। आज सुदूरपश्चिम सहित लुम्बिनी, कर्णाली, गण्डकी र काग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने अनुमान गरिएको छ। आज राति पनि देशका धेरै ठाउँमा […]
धनगढी : सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले कैलालीमा जग्गा खरिद गरेका छन्। उनले जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा सरकारी जग्गा खरिद गरेका हुन्। मन्त्री आलेले ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा पर्ती जग्गा खरिद गरेको हाटखोलीका स्थानीय दलबहादुर मगरले बताए। मगरले नै मन्त्रीलाई जग्गा बिक्री गरेको पनि खुलेको छ। […]
धनगढी : कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डितले समाज रुपान्तरणको लागि खुल्ला बहस गर्न चुनौती दिएका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेपछि पचमुडिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत पण्डितले खुल्ला बहस गर्न चुनौती दिएका हुन्। ’नेकपा (विप्लव) समूह कथित केही थान व्यक्तिहरूले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन […]
बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । वि.सं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख […]
धनगढी: कैलालीमा ७ वर्षीया छोरीलाई बलात्कार गर्ने सौतेलो बुवालाई उच्च अदालत दिपायलले २० वर्ष कैदको सजाय सुनाएको छ। अस्मिता (नाम परिवर्तित) को जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कैलाली जिल्ला अदालतले एक वर्ष ५ महिना कैद र १५ हजार जरिमानाको सजाय सुनाएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै सो मुद्दामा २० वर्ष कैद […]