होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डोटी – सुदूरपश्चिमका तीन जिल्ला बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुहरूलाई सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा निगमको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएपछि अहिले सेवा सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीको […]
गोदावरी : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताएका छन्। शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेकामा जोड दिए।
धनगढी : डडेल्धुरामा अछाम जाँदै गरेको बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ। प्रहरीका अनुसार कैलालीको टीकापुरबाट अछामको कमलबजारका लागि छुटेको ना६ख १६५० नम्बरको बस गन्यापधुरा गाउँपालिका-३ जक्सन होटेल नजिक सडकमा रहेको माटोको ढिस्कोसँग ठोक्किएको थियो। बसको अगाडिको भाग सडकबाहिर पुगेको भएपनि दुर्घटना हुनबाट जोगिएको बताइएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका प्रहरीले बताएको छ। […]
धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ दोस्रोपटक च्याम्पियन बनेको हो। मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे। फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए। खेलको […]
बैतडीः महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ। समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो। महोत्सवमा लोक तथा ड्यौडा गायिका र मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशीले गीतमार्फत जनचेतना […]
धनगढीः गत सोमबार धनगढीमा एक युवकको शव फेला पर्यो। उपमहानगरपालिकाको वडा नम्बर ५ जाई र शिवनगर जोड्ने सडक छेउको नालीमा युवकको शव फेला परेको थियो। त्यो शव थियो भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय कुलदीप गुप्ताको। बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले गुप्ताको हत्या […]
धनगढीः शहरी विकास मन्त्री रामकुमारी झाक्री धनगढी आउने भएकी छन्। झाक्री मन्त्री भएपछि पहिलोपटक भोलि बिहान सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी आउन लागेकी हुन्। स्थानीय तहको निर्वाचन नजिकिएसँगै झाक्री विभिन्न जिल्लाहरुका राजनैतिक कार्यक्रमहरुमा सक्रिय बनेकी छन्।
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई […]
सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएका थिए । अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण […]
धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक/एक गोल गरे। बागमतीका ड्याडी वाम्बा जुनियरले […]
बैतडी –नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन् । नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री […]
धनगढी — प्रदेशसभाले सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा गरेको चार वर्ष पुग्न थाले पनि अहिलेसम्म राजधानी कहाँ बनाउने भन्ने सामान्य प्रक्रियासमेत पूरा गर्न सकेको छैन । ०७५ असोज १२ गते बसेको प्रदेशसभाको बैठकले चुरे भावर क्षेत्रको प्राचीन जैविकमार्ग क्षेत्र कैलालीको गोदावरी नगरपालिका वडा नं २ र ४ को तेघरी जंगलमा स्थायी राजधानी निर्माण गर्ने निर्णय गरेको थियो । […]
साँफेबगर नगरपालिकामा १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ । मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका मा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको हो । अति गरिब (रातो कार्ड) ५ सय ८३, गरिब (पहेँलो कार्ड) ४ सय ३८ र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार छन् । साँफेबगर–१४ पातलकोटमा […]
धनगढीः हिजोदेखि नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको एक अडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। पाललेले अश्लील शब्दमा गाली गरेको अडियो सञ्जालमा भाइरल भएको हो। अडियोमा पालले अश्लील शब्दमा गाली गरेर ज्यान मार्ने धम्की समेत दिएको सुनिन्छ। उक्त अडियो एमालेकै अनेरास्ववियूका कार्यकर्ता यज्ञ भट्टलाई गाली पालले गाली गरेको भएको खुलेको छ। उनले अडियोमा भनेका छन् […]
धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेय बिहीबार सुदूरपश्चिम आउने भएका छन्। उनी बैतडीमा एक आमभेलालाई सम्बोधन गर्न आउन लागेका हुन्। नेपाली कांग्रेस बैतडीले मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकालाई लक्षित गरेर आमभेलाको आयोजना गरेको छ। कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दका अनुसार शिवनाथको सुल्लेखानमा हुने आमभेलालाई सम्बोधन गर्न सहमहामन्त्री पाण्डेय भोलि बैतडी जान लागेका […]
धनगढीः आगामी आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमका ३९ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका ३९ स्थानीय तहलाई एकीकृत […]
धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।मोहनापुल-अत्तरिया सडकखण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमाबा २ ख५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी १६ वर्षीया स्वस्तिका कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुँवरको उपचारका क्रममा माया मेट्रो अस्पतालमा […]
धनगढीः कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी १४ वर्षीया बालिका र भीमदत्त नगरपालिकाका १६ वर्षीय बालकको सम्बन्धबाट छोरी (शिशु)को जन्म भएको हो। केही दिनअघि बालिका विरामी भएर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पगेकी थिइन्। अस्पतालमा बालिकाले छोरी जन्माइन्। उनले छोरी जन्माएपछि यो घटना सार्वजनिक भएको हो। बालिका भीमदत्तमा […]
साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् । १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो । उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएको […]
धनगढी : कैलालीमा एक प्रहरी जवानले आफैँलाई ताकेको बन्दुक पड्केपछि घाइते भएका छन्। बन्दुक पड्केपछि जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ घर भएका एक प्रहरी घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय टीकापुर मातहतको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहराले आफैँमाथि ताकेको बन्दुक पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार झंकर […]