होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको सचिवमा नेपाल प्रहरीका अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटी नियुक्त भएका छन्। तत्कालीन सचिव रामसिंह ठगुन्नाले राजीनामा दिएपछि बोगटी नियुक्त भएका हुन्। नियुक्तीपछि सभामुख अर्जुनबहादुर थापाले आजै पद तथा गोपनियताको सपथ गराएका थिए। डोटीको शिखर नगरपालिका‐२ घर भएका बोगटीले आइतबार नै पदबहाली गरेका छन्।
दार्चुला– सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको हो । अनुमतिबिना नेपालतर्फ आएपछि चाबी खोसेको पत्रकार भोजराज जोशीले बताए । नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो । ‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो […]
धनगढी: सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी। प्रदेशमै सबैभन्दा बढी जनसंख्या रहेको सहर पनि धनगढी। तर धनगढीका सबै स्थानमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुँदा नागरिकलाई शौच गर्न समस्या हुँदै आएको छ। किनमेल तथा काम विशेषले बजार आएका नागरिकलाई झनै समस्या हुँदै आएको हो। ‘दिनभर बजारमा काम भए पनि पिसाब रोकेर फेरि घरमै जानुपर्छ। […]
धनगढी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो। आयोगले सुदूरपश्चिमका ९ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ स्थानिय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ। मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशलाई तोकिएको छ। […]
धनगढी: कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले नगद चार लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने पुलिसले दुई लाखमा चित्त बुझाएको छ । फाइनलमा आर्मीले पुलिसलाई ३–१ को सेटले […]
धनगढी । नेपाली कांग्ररेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताएकी छन् ।कांग्रेसकै केही नेताहरूले सार्वजनिकरुपमा चुनावमा गठबन्धन नहुने संकेत गरिरहेका बेलामा उनले गठबन्धन कायमै रहने दाबी गरेकी हुन् । प्रेस युुनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । […]
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा धनगढी पुगेकी छिन्। बुधबार उनी सकल जैन समाजले आयोजना गरेको शान्ति पद यात्रामा सहभागी भएकी छिन्। उक्त शान्ति पद यात्रा सेती प्रादेशिक अस्पतालदेखि ओम प्यालेसमा हुने सभा कार्यक्रम स्थलसम्म आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मानव मिलनका संस्थापक नेपाल केसरी डा […]
धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पहिलोपटक विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारीको विज्ञापन खोलेको हो।आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो। प्रदेश […]
धनगढीः डोटीमा एक बस पल्टिएको छ। जिल्लाको बडिकेदार गाउँपालिका-१ अलाडी महोन्याल मन्दिर नजिकै बस पल्टिएको हो।मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको ना-४ ख-३६०७ नम्बरको बस पल्टिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बस डोटीको घाङ्गलबाट जोशिपुरका लागि हिडेको थियो। बसमा २२ जना यात्रु सवार थिए। यस्तै दुर्घटनामा दुईजना घाइते भएको र अन्य यात्रुको अवस्था सामान्य […]
धनगढी : कैलालीबाट उच्च अदालत दीपायलमा परेका मुद्दाको बहस पैरवी धनगढीबाटै हुने भएको छ। सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा घोषणा गरिएको भए पनि उच्च अदालत भने दीपायलमा नै रहेको छ। उच्च अदालत दीपायलमा कैलाली जिल्लाबाट सबैभन्दा धेरै मुद्दा भएकोले सेवाग्राहीको समय र पैसाको खर्च कम गर्न तथा न्यायमा पहुँच सहज होस् भनेर कैलाली जिल्ला अदालत बार […]
धनगढीः सुदूरपश्चिमको १० लाख बढी जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ। प्रदेशमा १० लाख ६० हजार ७ सय ४८ जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको हो। यो तथ्यांक नेपालमा गरिबीको रेखामुनि रहेको कुल जनसंख्याको आधा बराबर हो। नेपालको जनसंख्या २०७८ अनुसार झण्डै २४ लाख जनसंख्या गरिबीको रेखामुनि छ। मानव अधिकार वर्ष पुस्तक २०२२ ले पनि कैलालीमा […]
कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमण दर ओरालो लाग्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ । यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य दिनहरुमा पनि सङ्क्रमितको सङ्ख्या पाँचभन्दा पनि कम […]
धनगढी : गत फागुन २६ गते कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ की २ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार भयो। ज्यालादारी गर्ने बुवा काममा निस्केको र आमा कोठामा खाना पकाइरहेको मौका छोपेर ५६ वर्षीय पुरुषले बालिकामाथि यौन दुर्व्यवहार गरे। बालिकालाई ललाइफकाई ती व्यक्तिले यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले […]
धनगढी : सेती अस्पतालसहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समितिमा नियुक्ति दिएको छ। बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले सेती प्रादेशिक अस्पतालसहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समितिमा नियुक्ति दिएको हो। डोटी अस्पताल बाहेकका अन्य अस्पतालमा व्यवस्थापन समिति नियूक्त गरेको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन्। प्रदेश सरकार मातहात रहेको पुरानो अस्पताल […]
धनगढीः अछामका पञ्चायतकालीन नेता स्वः हरिप्रसाद भण्डारीले २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मंगलसेनसम्म जीप पुर्याए। उनले चिसापानी–जंगलघाट–मंगलसेन सडक मार्गहुँदै जीप अछामसम्म पुर्याएका थिए।श्रमदानमा अछाम सदरमुकाम मंगलसेनमा जीप पुगेको ५४ वर्षपछि सडकको ट्र्याक निर्माणको काम पूरा भएको छ। २०२८ सालबाट सुरु भएको सडक निर्माणको काम चालु आर्थिक वर्षमा सकिएको हो। ५० वर्षमा एक सय १० […]
धनगढीः यो वर्ष धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले चैत १० देखि महोत्सव लगाउने तयारी थालेको छ। हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गएका २ वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन। तर यो वर्ष कोरोना संक्रमण घटेको भन्दै चैत १० देखि २० गतेसम्म महोत्सव आयोजना गर्ने कैलाली […]
डोटीः डोटीको पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्कामाथि हातपात भएको छ। मंगलबार बिहान वडा नम्बर ५ निवासी भुवन कठायतले कार्यकक्षमै गालीगलौच गर्दै उनीमाथि हातपात गरेको जनाइएको छ। उनले प्रशासकीय अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ। हातपातबाट अधिकृत खड्काको शरीरमा चोटपटक समेत लागेको छ। हातपातपछि कठायत फरार रहेका छन्। दोषिमाथि कडा […]
धनगढी : सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोप लागेका धनगढीका पुरुषलाई दुई महिना कैद सजाय सुनाइएको छ। उच्च अदालत दीपायलले धनगढीको बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजाय सुनाएको हो। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लक्षित गर्दै २०७७ साल वैशाख २७ गते सामाजिक सञ्जाल फेसबुकमा ‘जात करे उत्पात भनेको यही हो’ भनेर […]
धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदियौँदेखि नै काठमाडौंले सुदूरपश्चिमलाई हेपेको बताएका छन्। माओवादीको सुदूरपश्चिम प्रदेश प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘एकदिन दुईदिन होइन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यले, काठमाडौंले जसरी विभेद र अपमानका साथ हेर्योु, उनले भने, ‘अब त्यसलाई उल्ट्याउनु छ। हामीले एक हदसम्म संघीय लोकतान्त्रिक गणतन्त्र र […]
धनगढी : डडेल्धुराबाट धनगढी आउँदै गरेको हाइस कैलालीमा दुर्घटना भएको छ। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका-४ बुढीतोला नजिक चौबिसे मोडमा बा२ख ३२३३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १३ जना घाइते भएका छन्। चालक अमरगढी नगरपालिका-२ का २६ वर्षीय सन्तोष ऐर, सहचालक गोदावरी नगरपालिका-८ का १७ वर्षीय राजेश ताम्राकार, हाइसमा सवार डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ का […]