होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२४ भदौ, काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको हो ।३५ वर्षीय युभेन्ट्सका […]
२३ भदौ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड किलिएन एमबाप्पेलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ पुष्टि भएका एमबाप्पेले अब युइएफए नेशन्स लिग अन्तर्गत क्रोएसिया विरुद्धको खेल गुमाउनेछन् । गत साता नेमारसहित पिएसजीका ६ खेलाडीलाई कोरोना संक्रमण भएको थियो । एमबाप्पेले लिग वानको सुरुवाती खेलसमेत गुमाउने शंका छ । २१ वर्षीय […]
काठमाडौं, २१ भदौ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमका खेलाडीको एक बर्षदेखि रोकिएको तलब पठाउन सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो । आइतबारबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको क्यानले जनाएको छ । क्यानले खेलाडीको बैंक खातामा तलब पठाउने […]
एजेन्सी,२१ भदाै । युरोपियन फुटबल यूईएफए नेसन्स लिग अन्तर्गत आज राती विभिन्न १० खेलहरु हुँदैछन्। लिगमा आज जर्मनी, स्पेन,वेल्स, रुस लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्दैछन ।लिग ’ए’ समूह ४ मा रहेको जर्मनीले स्विजरल्यान्डसँग खेल्दैछ । स्विट्जरल्यान्डको घरेलु मैदानमा हुने जर्मनी र स्वीजरल्याण्डबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।जर्मनी स्विजरल्यान्डविरुद्ध पहिलो जित निकाल्ने […]
१९ भदौ काठमाडौं । सुपरस्टार लिओनल मेसीले स्पानिस क्लब बार्सिलोना नछाड्ने भएका छन् । विभिन्न आरोह अवरोहपछि मेसी अन्तत: क्याटलान क्लबमा नै रहने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत हप्ताको मंगलबार मेसीले क्लब छाड्ने घोषणा गर्दै पत्र पठाएका थिए । तर अबको नयाँ सिजनमा पनि उनले बार्सिलोनाबाटै खेल्ने भएका हुन् । करिब १० दिनको […]
खेलको अन्तिम समयमा गोल गर्दै स्पेनले नेसन्स लिगमा जर्मनीलाई बराबरीमा रोक्न सफल भएको छ । सम्भवतः खेलको अन्तिम प्रहारमा भ्यालेनिसयाका डिफेन्डर होजे गायाले गोल गर्दै खेल १–१ को बराबरीमा अन्त्य गर्न सफल भएका हुन् । चेल्सीका नयाँ अनुबन्ध टिमो वेर्नरको गोलको मद्दतले जर्मनीले खेलको ५१ औँ मिनेटमा अग्रता लिएको थियो । उता, स्पेनका लागि भने […]
एजेन्सी, १८ भदाै । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताएको थियो । क्लबले खेलाडीको नाम भने सार्वजनिक गरेको थिएन । तर फ्रान्सको ले’एकिपेले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल […]
१८ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा लगातार आठौं जित हात पारेको छ । यस सिजन अपराजित रहने एक्लो टोलीको रुपमा रहेको ट्रिनबागोले बुधबार अंक तालिकाको पुछारमा रहेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३९ रनले पराजित गरेको हो । लगातार आठौं जितपछि ट्रिनबागोले लिग चरणमा शीर्ष स्थानसमेत पक्का गरेको […]
एजेन्सी – बार्सिलोनामा एन्टोइन ग्रिजमनले आउने सिजनमा बढी महत्त्व पाउने सम्भावना देखिएको छ । क्लबका सुपर स्टार लियोन मेस्सी क्लबमा रहने पनि नरहेपनि नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले ग्रिजमनलाई बढी महत्व दिने प्रष्ट पारेका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ग्रिजमनलाई आउने सिजनका लागि विक्री नहुने खेलाडी भनेर प्रष्ट पारेका थिए । त्यसपछि कोम्यानले ग्रिजमनलाई […]
१२ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ । अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए […]
१० भदौ, काठमाडौं । सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिएको पनि ३ वर्ष पुगिसकेको छ । तर अझै पनि नेपालमा यो खेल र खेलाडीहरुको स्तर माथि उठ्न सकेको छैन । भलिबलको आˆनै कभर्ड हलसम्म छैन । नेपालले झण्डै ८ दशकदेखि भलिबल खेल्न थालेको इतिहास भए पनि अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको करिब साढे चार दशकअघि […]
११ भदौ, काठमाडौं । अहिले विश्व फुटबलको ध्यान नै बार्सिलोना कप्तान लिओनल मेस्सीतर्फ केन्द्रित छ । मेस्सीले बार्सिलोना छाडछु भन्ने धारणा सार्वजनिक गरेपछि नै उनले अब के गर्छन् कता जान्छ् भन्ने प्रश्न उठेको छ । बार्सिलोनका पदाधिकारी भने मेस्सीलाई क्लबमै राख्ने कसरत गरिरहेको छ । यसै सन्दर्भमा अर्को वर्ष हुने क्लबको चुनावका अध्यक्षको उम्मेदवार रहेका […]
१० भदौ काठमाडौं । अन्तत: लिओनल मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पानिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका छन् । कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पानिस अनलाइन […]
९ भदौ, काठमाडौं । युइएफए नेशन्सको लागि पोर्चुगलको टोली घोषणा भएको छ । प्रशिक्षक फर्नान्डो सान्तोले पहिलो दुई खेलका लागि २५ सदस्यीय फुटबल टोली घोषणा गरेका हुन् । साविक विजेतासमेत रहेको पोर्गचलले क्रोएसियासँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । ए ग्रुप अन्तर्गत रहेको पोर्चुगलले समूह चरणमा क्रोएसिया फ्रान्स र स्वीडेनसँग खेल्नेछ । पोर्चुगलले पहिलो […]
८ भदौ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो । पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे । […]
७ भदौ, काठमाडौं । रियल मड्रिडले लामो समयको लागि ठूलो लगानी गर्ने हो भने पेरिस सेन्ट जर्मेनका फ्रान्सेली खेलाडी केलियन एम्बाप्पेलाई गर्नुपर्ने ब्राजिलियन रोनाल्डोले बताएका छन् । स्पानिस क्लब रियल भाल्लाडोलिडका मालिक समेत रहेका रोनाल्डोले आफ्नै देशका नेमार भन्दा फ्रेन्च युवा खेलाडी एमबाप्पे सही रहेको बताएका हुन् । उमेर भिन्नताका कारण उनले एम्बाप्पेलाई रोजेका हुन् […]
काठमाडौँ — आज रातिको पौने एक बजे, हेर्न छुटाउनै नहुने खेल छ । त्यो भनेको युरोपेली च्याम्पियन्स लिगको फाइनल । उपाधि भिडन्तमा उत्रदै छन्, फ्रान्सको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन च्याम्पियन बायर्न म्युनिक । विश्व क्लब फुटबल भनेपछि हामी इंग्ल्यान्ड, स्पेन र इटाली सम्झिहाल्छौं । तर, यसपल्टको फाइनलमा फ्रान्स र जर्मनीका टिम भिड्दै […]
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्। शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए। उनले निकै किफायती बलिङ गरे। यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो। सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए। उनले शेरफेन रदरफोर्डलाई […]
६ भदौ, काठमाडौं । स्पानिस क्लब सेभियाले कीर्तिमानी छैटौं पटक युइएफए युरोपा लिगको उपाधि जितेको छ । लुक डे जोङको दुई गोल अनी रोमेलु लुकाकुको आत्मघाती गोल मद्दतमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै यस सिजन युरोपा लिग च्याम्पियन बनेको हो । एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले इटालियन क्लब इन्टरलाई ३-२ ले […]
५ भदौ काठमाडौं । नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ । शुक्रवार बिहान सम्पन्न खेलमा ट्रिनबागो नाइट राइडर्सले जमैकालाई ७ विकटले पराजित गरेको हो । ट्रिनबागोलाई लगातार दोस्रो जित दिलाउन सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे । उनले लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदा बलिङमा […]