होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ असोज, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले ला लिगा अघि प्रि सिजनमा लगातार दोस्रो मैत्रीपूर्ण खेल जितेको छ । कप्तान लिओनल मेसीको दुई गोल मद्दतमा बार्सिलोजनाले गिरोनालाई ३-१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि फिलिप काउटिन्होले पनि एक गोल गरे । योहान क्रफ स्टेडियममा भएको खेलमा काउटिन्होले २१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका […]
३१ भदौ, काठमाडौं । बंगलादेश, मंगोलिया र डोमिनिकन रिपब्लिकले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न प्रस्ताव गरेको छ । अखिल नेपाल नेपाल फुटबल संघ एन्फाका अनुसार बंगलादेशले उसकै मैदानमा र अरुले नेपालमै आएर मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव गरेका छन् । कोरोना भाइरसको महामारीका कारण धेरै देशमा खेलकुद गतिविधि ठप्प छ र खेलाडीहरुले अभ्यास तथा प्रशिक्षण गर्न पाएका […]
२९ भदौ, काठमाडौं । स्टार खेलाडी नेमारसहित पाँच खेलाडीले रातो कार्ड पाएको फ्रेन्च लिगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) मार्सेसँग पराजित भएको छ। पिएसजीलाई मार्सेले उसैको मैदानमा १-० ले पराजित गरेको हो । फ्लोरिन थाउभिनले दोस्रो हाफमा गरेको गोल गर्नै मार्सेलाई ३ अंक दिलाउन निर्णायक बन्यो । कोरोना संक्रमणबाट निको भएर मैदान फर्केको […]
२८ भदौ, काठमाडौं । फ्रेन्च युवा स्टार खेलाडी किलिएन एमबाप्पे आउने सिजनमा फुटबलको हट टपिकको रुपमा रहने सम्भावना छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मने पीएसजीसँग एमबाप्पेको सम्झौता २०२१-२२ को सिजनको अन्त्यसम्म छ । तर अहिलेसम्म सम्झौता थप्ने बारेमा क्लबको प्रतिनिधिसंग एमबाप्पेको कुनै छलफल भएको छैन । यसैबीच एमबाप्पेले अर्को सिजन क्लब छाड्न चाहेको खबर […]
२८ भदौ, काठमाडौं । नेपालमा खेलकुदसँग सम्बन्धित दस्तावेजहरु कम छन् । नेपाली खेलकुदको इतिहास नै लेखिएको छैन भन्दा पनि हुन्छ । खेलकुदसँग सम्वन्धित पुस्तक पनि धेरै छैनन् । व्यवस्थित अभिलेखहरु पर्याप्त नहुँदा नेपाली खेलकुदको इतिहास खोतल्ने काम निकै चुनौतीपूर्ण बनेको छ । नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन थालेको ७ दशक भयो । फुटबल, क्रिकेट, […]
२८ भदौ, काठमाडौं । क्लब छाड्ने असफल प्रयासपछि लिओनल मेसीले बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ला लिगाअघि प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्साले जिम्न्यास्टिक दे तारागोनासँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले पनि खेलेका हुन् । ३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका थिए । तर १० दिनपछि मेसीले क्लबमै बस्ने निर्णय […]
न्युयोर्क : जापानकी चौथो वरीयताकी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजारेन्का अमेरिकन (यूएस) ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। न्युयोर्कमा शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई र अजारेन्काले पनि अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। सन् २०१८ की विजेता ओसाकाले ब्राडीलाई ७–६ (७–१), ३–६, ६–३ […]
२६ भदौ, काठमाडौं । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान लिओनल मेसीले एक खेलको प्रतिबन्ध हटेको छ । जसको अर्थ मेसीले अब अर्को महिना हुने विश्वकप छनोट खेल खेल्न पाउने भएका छन् । गत वर्षको कोपा अमेरिकामा फुटबल प्रतियोगितापछि मेसीलाई एक खेलको प्रतिबन्ध लगाइएको थियो । तर अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसीको प्रतिबन्ध हटेको […]
एजेन्सी – वेल्सका प्रशिक्षक रायन गिग्सले क्लब फुटबलमा क्रिस्टियानो रोनाल्डोको दबदबा अझै केहि वर्ष रहने दावी गरेका छन्। रायन गिग्सले एक समाचार एजेन्सीसँग कुराकानी गर्दै रोनाल्डोले अझै केहि वर्ष खेल्ने र फुटबलमा उनको दबदबा कायमै रहने दावी गरेका हुन्। रायन गिग्सका अनुसार रोनाल्डोले ४० वर्ष सम्म खेल्न सक्नेछन्। आफूले पनि ४० वर्ष सम्म खेलेको कुरा […]
२६ भदौ, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको नयाँ सिजनमा पहिलो खेलमै पराजित भएको छ । गएराति भएको खेलमा पिएसजी नवप्रवेशी लेन्ससँग स्तब्ध भएको हो । स्टार खेलाडीहरु नेमार, किलिएन एमबाप्पेसहित ७ खेलाडीलाई कोरोना संक्रमण भएकाले पिएसजीले दोस्रो रोजाइका खेलाडीलाई खेलाउनुपरेको थियो । मुख्य खेलाडीहरुलाई कोरोना पोजेटिभ देखिएपछि पिएसजीको पहिलो […]
२६ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको हो । ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । सीपीएलको सर्वाधिक […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले बुधबार सबैको खातामा रकम जम्मा गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् […]
२४ भदौ, काठमाडौं । इंग्ल्याण्डका क्रिकेटर डेविड मालान टी-२० क्रिकेटको नम्बर वान ब्याट्सम्यान बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको पछिल्लो वरियतामा मालान पाकिस्तानका बाबर अजामलाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन् । अष्ट्रेलियाविद्धको टी-२० सिरिज २-१ ले जित्दा इंगल्याण्ड टिमबाट उत्कृष्ट प्रदर्शन गरेका मालानले वरितामा पनि फड्को मारेका हुन् ।यसअघि उनी […]
२४ भदौ, काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको हो ।३५ वर्षीय युभेन्ट्सका […]
२३ भदौ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड किलिएन एमबाप्पेलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ पुष्टि भएका एमबाप्पेले अब युइएफए नेशन्स लिग अन्तर्गत क्रोएसिया विरुद्धको खेल गुमाउनेछन् । गत साता नेमारसहित पिएसजीका ६ खेलाडीलाई कोरोना संक्रमण भएको थियो । एमबाप्पेले लिग वानको सुरुवाती खेलसमेत गुमाउने शंका छ । २१ वर्षीय […]
काठमाडौं, २१ भदौ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमका खेलाडीको एक बर्षदेखि रोकिएको तलब पठाउन सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो । आइतबारबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको क्यानले जनाएको छ । क्यानले खेलाडीको बैंक खातामा तलब पठाउने […]
एजेन्सी,२१ भदाै । युरोपियन फुटबल यूईएफए नेसन्स लिग अन्तर्गत आज राती विभिन्न १० खेलहरु हुँदैछन्। लिगमा आज जर्मनी, स्पेन,वेल्स, रुस लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्दैछन ।लिग ’ए’ समूह ४ मा रहेको जर्मनीले स्विजरल्यान्डसँग खेल्दैछ । स्विट्जरल्यान्डको घरेलु मैदानमा हुने जर्मनी र स्वीजरल्याण्डबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।जर्मनी स्विजरल्यान्डविरुद्ध पहिलो जित निकाल्ने […]
१९ भदौ काठमाडौं । सुपरस्टार लिओनल मेसीले स्पानिस क्लब बार्सिलोना नछाड्ने भएका छन् । विभिन्न आरोह अवरोहपछि मेसी अन्तत: क्याटलान क्लबमा नै रहने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत हप्ताको मंगलबार मेसीले क्लब छाड्ने घोषणा गर्दै पत्र पठाएका थिए । तर अबको नयाँ सिजनमा पनि उनले बार्सिलोनाबाटै खेल्ने भएका हुन् । करिब १० दिनको […]
खेलको अन्तिम समयमा गोल गर्दै स्पेनले नेसन्स लिगमा जर्मनीलाई बराबरीमा रोक्न सफल भएको छ । सम्भवतः खेलको अन्तिम प्रहारमा भ्यालेनिसयाका डिफेन्डर होजे गायाले गोल गर्दै खेल १–१ को बराबरीमा अन्त्य गर्न सफल भएका हुन् । चेल्सीका नयाँ अनुबन्ध टिमो वेर्नरको गोलको मद्दतले जर्मनीले खेलको ५१ औँ मिनेटमा अग्रता लिएको थियो । उता, स्पेनका लागि भने […]
एजेन्सी, १८ भदाै । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताएको थियो । क्लबले खेलाडीको नाम भने सार्वजनिक गरेको थिएन । तर फ्रान्सको ले’एकिपेले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल […]