होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । विराटनगर लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अङ्क दूरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ । विराटनगरले हालसम्म छ खेलमा १० अङ्क जोडेको छ । विराटनगर तेस्रो […]
१९ माघ, काठमाडौं । मोहम्मद सालाहको दुई गोल मद्दतमा साविक विजता लिभरपुलले प्रिमियर लिगमा वेष्टह्यामलाई ३-१ ले पराजित गरेको छ । सहज जितपछि लिभरपुल अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन सालाहले दुई गोल गर्दा जर्जिनियो विज्नाल्डमले एक गोल गरे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए । […]
१८ माघ, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । खेलको नवौं मिनेटमै दश खेलाडीमा समेटिएको रियल घरेलु मैदानमै २-१ ले पराजित भएको हो । एक खेलाडि कम हुनका बाबजुद पनि रियलले सुरुवाती अग्रता लिएको थियो तर जोगाउन सकेन । लेभान्टेले भने पुनरागमन गर्दै जित हात पार्यो […]
१७ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिडिरहेका छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा आर्मीले एपीएफलाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ । एपीएफले टस जितर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर […]
११ माघ, काठमाडौं । इटालियन सिरी ए को लिग लिडर एसी मिलान एटलान्टासँग स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा मिलान घरेलु मैदानमै एटलान्टासँग ३-० ले पराजित भएको हो । यस्तै अर्को खेलमा दोस्रो स्थानको इन्टर उडीनेसीसँग गोलरहित बराबरीमा रोकेको छ । इन्टरले बराबरीले एसी मिलानलाई केही फाइ भएपनि अग्रता बढाउने अवसर हारपछि गुमाएको […]
१० माघ, काठमाडौं । किलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा मोन्टेपिलरमाथि शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले दश खेलाडीमा समेटिएको मोन्टेपिलरलाई ४-० ले पराजित गरेको हो । पीएसजीका लागि नेमार र माउरो इकार्डीले एक एक गोल थपे । खेलको १८औं मिनेटमै जोनास ओमलिनले […]
९ माघ, काठमाडौं । दुई पेनाल्टी मिस गरेपनि अतिरिक्त समयमा गरेको दुई गोल मद्दतमा तेस्रो श्रेणीको कोर्नेलालाई पराजित गर्दै बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नियमित कप्तान लिओनल मेसीविना नै खेलेको बार्सिलोनाका लागि ओसमान डेम्बेले र मार्टिन ब्रेथवेइटलेले अतिरिक्त समयमा गोल गरे । यस्तै खेलमा मिरालेम प्यानिच […]
चक्र बहादुर अएडी । जिल्लाकै पहिलो धनराशिको महिला तथा पुरुष खुला भलिभव प्रतियोगिता आज बाट त्रिवेणी नगरपालिकामा सुरु भएको छ । विहिवार बाट एक औपचारिक कार्यक्रमका विच त्रिवेणि नगरपालिका वडा नम्वर ७ दम्थामा पानसमा दिप प्रज्वलन उद्धघाटन गरिएको छ । उद्धघाट त्रिवेणी नगरपालिका नगर प्रमुख एवम नेपाली काँग्रेशका बरिष्ठ नेता रामसिंह रावलले उद्धघाटन गर्नु भएको […]
८ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमै बागमतीसँग पराजित भएको साविक विजेता पुलिसले बिहीबार लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । लुम्बिनीको भने यो पहिलो हार हो । लुम्बिनीले पहिलो खेलमा प्रदेश […]
७ माघ, काठमाडौं । नेपाल पुलिसका स्पीनरद्वय सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४-४ विकेट लिएपछि प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेश ११० रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११० रन मात्र बनाएको हो । […]
६ माघ, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि सिरी ए मा एसी मिलानले काग्लियारीलाई पराजित गर्दै पुन: ३ अंकको अग्रता बनाएको छ । सोमबार राति भएको खेलमा मिलानले काग्लियारीलाई २-० ले पराजित गरेको हो । साविक विजेता युभन्ट्सलाई पराजित गर्दै इन्टरले एसी मिलानसंग अंक बराबरी गरेको थियो । तर जितपछि मिलानले फेरि ३ अंकको […]
५ माघ, काठमाडौं । साविक विजेता युभेन्ट्स इटालियन सिरी ए मा इन्टरसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई २-० ले पारजित गरेको हो । जितपछि इन्टरले सहरी प्रतिद्वन्दी एसी मिलानसँग अंक बराबरी गरेको छ । घरेलु मैदानमा इन्टरलाई जिताउन युभेन्ट्सका पूर्व खेलाडी अर्टुरो भिदाल र निकोलो बारेलाले एक एक गोल गरे […]
धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । कञ्चनपुर जिल्ला फूटबल संघ र सुदूरपश्चिम प्रदेश फूटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यहि माघ १२ गतेदेखि महेन्द्रनगरको खुल्ला मञ्चमा पुरुष खुल्ला युनाइटेड फूटबल आमन्त्रण कप -२०७७ हुने भएको हो । सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि महेन्द्रनगर क्षेत्रकै सबैभन्दा ठुलो […]
४ माघ, काठमाडौं । कुनै पनि देशको क्रिकेट विकास गर्न र राष्ट्रिय टिम बलियो बनाउने आधार घरेलु प्रतियोगिता र यसको संरचना नै हो । राष्ट्रिय टिममा स्थान बनाउनका लागि घरेलु प्रतियोगिताहरुमा राम्रो गर्नुपर्ने हुन्छ । त्यसैले राष्ट्रिय प्रतियोगिता खेल्नका लागि खेलाडीहरु उत्साहित पनि हुन्छन् । नयाँ प्रतिभाको लागि यो राम्रो अवसर समेत बन्न सक्छ । […]
३ माघ काठमाडौं । अभिनाश बोहरा र बसन्त रेग्मीले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह एमा रहेको एपीएफले प्रदेश १ लाई १३५ रनले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २४४ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४२.२ ओभर खेल्दै १०८ […]
विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए । दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहेका छन् । विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर […]
काठमाडौं । कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मीले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको हो ।भण्डारीले ७३ बल खेल्दै ९ चौका र ४ […]
२ माघ, काठमाडौं । साविक विजेता रियल मड्रिड स्पानिस सुपर कपबाट बाहिरिएको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा रियल एथ्लेटिक विल्वाओसँग पराजित भएको हो । राहुल गार्सियाको दुई गोल मद्दतमा एथ्लेटिक विल्वाओले रियललाई २-१ ले पराजित गरेको हो । खेलको १८औं मिनेटमा गार्सियाले गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा गार्सियाले नै […]
१ माघ, काठमाडौं । डीएफबी पोकल (जर्मन कप)को साविक विजेता बार्यन म्युनिख दोस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्स्टिन किएलसँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बार्यन बाहिरिएको हो । निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा […]
२८ पुस, काठमाडौं । प्रिमियर लिगका दुई चर्चित क्ब लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमै भिड्ने भएका छन् । फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड सर्वाधिक एफए कप जित्नेमा आर्सनलपछि दवस्रो स्थानमा छ […]