होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो । फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो […]
नागरिक रैबार/बाजुरा २५ असोज। बाजुराको रानीबन स्पोर्टस क्लब राजधानी काठमाण्डौंमा भएको सी डिभिजन खेलको विजेता बनेको छ । रानीवनले सोमबार दिउसो एन्फाग्राउण्ड सातदोबाटोमा भएको फाइनल खेलमा युनाईटेड फुटवल क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै खेलको विजेता बनेको हो । रानीवन याे खेलमा विजेता बनेसंगै बाजुराबाट पहिलाे पटक एन्फाकाे सि डिभिजनमा भाग लिन सफल भएकाे छ […]
काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण […]
धनगढी : धनगढीमा भएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भइसकेको छ। प्रतियोगितामा फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटी च्याम्पियन बनेको छ। उपाधिसँगै डोटीले नगद एक लाख सहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजार सहित ट्रफीमा चित्त बुझाएको छ। यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले २५/२५ हजार […]
काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९:४५ बजे सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा नेपाल र भारत फरक स्थितिमा छन् । ५ राष्ट्र सम्मिलित प्रतियोगितामा राउण्ड रोविन लिगका आधारमा खेल भइरहँदा नेपालले सुरुवाती दुई खेल […]
धनगढी : धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगितामा अछाम र बझाङको टिममाथि कारबाही भएको छ। दुबै टिमले रेफ्रीको निर्णय अस्वीकार गर्दै आधा खेलमै कोर्ट छाडेपछि कारबाही गरिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। परिषद्का सदस्य सचिव दीपक सिंहले खेल अनुशासन नदेखाएका दुबै टिममाथि कारबाही गरिएको बताए। ‘दुबै टिमले रेफ्रीको निर्णय अस्विकार गर्दै बिचमै खेल […]
काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई ३-१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो । खेलको ११औं मिनेटमा एरिक रामिरेजले गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए । ७० मिनेटसम्म अग्रता कायम राखेपनि त्यसपछि ब्राजिलले ३ गोल फर्कायो […]
नागरिक रैबार बाजुरा २० असाेज बाजुराबाट पहिलाेपटक राजधानीमा एन्फा फुटवल खेल्न गएकाे रानिवन स्पाेटर्स् क्लव फाईनलमा प्रवेश गरेकाे छ । बुधार दिउसाे एन्फाग्राउण्ड सातदोबाटोमा भएकाे सेमिफाइनल खेलमा भ्याली ईगल क्लव भक्तपुरलाई शुन्यका विरुद्ध ३ गोल गर्दै फाइनल प्रवेश गरेकाे हाे। आज भएकाे खेलमा किरण बोहराले २ र कुबेर सिंहले १ आफ्नाे पक्ष्यमा गाेल गरेका थिए […]
काठमाडौं । पेरिस सेन्ट जर्मेनका केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए । यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन । रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ । एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले यो […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने चाहना रहेको बताएका छन् । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिपमा सोमबार राति श्रीलंकालाई ३–२ ले पराजित गर्दा गोल गरेका अन्जनले खेलपछि यस्तो चाहना व्यक्त गरेका हुन् । नेपालको जितमा अन्जनसँगै सुमन लामा र आयुष घलानले पनि गोल गरे । […]
कञ्चनपुर: कञ्चनपुरमा रात्रिकालिन(नाइट) क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ को आयोजनामा वडाध्यक्ष रात्रिकालिन क्रिकेट प्रतियोगिता गर्न लागिएको हो। असोज २५ गतेबाट सुरु हुने क्रिक्रेट प्रतियोगितामा १० टिमबीच प्रतिस्पर्धा गराइनेछ। खेल १० ओभरको हुनेछ। टिम दर्ता गराउने अन्तिम मिति असोज २३ गते साँझ ५ बजेसम्म रहेको आयोजक समितिका सदस्य रमेश चन्दले […]
काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको हो । नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गरे । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । लगातार दोस्रो जितपछि […]
धनगढी : सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ धनगढीमा आयोजना हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका टीमहरुले सहभागीता जनाउने प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने पत्रकार […]
काठमाडौं । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको छ । जितसँगै लण्डन क्लब चेल्सी शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ट्रेभो चालाबाले नवौं, टिमो बर्नरले ८४औं र बेन चिलवालले ८९औं मिनेटमा गोल गरे । साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रोवसले ६१औं मिनेटमा गोल गरे । […]
असोज, काठमाडौं। दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । नेपालले पहिलो दिनै घरेलु माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । माल्दिभ्स घरेलु टोलीका साथै डिफेन्डिङ च्याम्पियनसमेत हो । नेपाल र माल्दिभ्सबीद्बको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । यसअघि नेपाल र माल्दिभ्सबीच उद्घाटन खेल हुने […]
सब्सिटट्यूटका रूपमा मैदान प्रवेश गर्दै ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि टोटनह्याम हटस्पर्सले युरोपा कनफरेन्स लिगमा एनएस मुरामाथि ५–१ को शानदार जीत हासिल गरेको छ । समूह जीमा रहेको स्पर्सको प्रतियोगितामा पहिलो जीत हो । पहिलो खेलमा टोली रेनेसँग बराबरीमा रोकिएको थियो । बिहीबार राति भएको खेलमा स्पर्सले पहिलो हाफको सुरुवातमा दुई गोल गर्दै […]
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आजबाट समूह चरण अन्तर्गत दोस्रो राउन्डका खेल सुरु हुँदैछन् । आज विभिन्न ८ खेलहरू हुँदा एक खेलमा हेभिवेट भिडन्त हुँदैछ, जहाँ फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह चरणको पहिलो खेलमा आमनेसामने हुँदैछन् । पिएसजी आजका दिनमा युरोपको सबसे ठूलो मेगा स्टार टिमका रूपमा कहलिएको छ भने सिटी […]
नागरिक रैबार/बाजुरा १२ असोज। बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गराई राष्ट्रिय एकतालाई खेल मार्फत मजवुत बनाउने उद्देश्यका साथ बाजुराको क्षेडेदह गाउँपालिकामा क्षेडेदह तेस्रो खुला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । हरेक वर्षको दशैं तिहार विशेष खेल पर्व, खेल क्षेत्रको विकास र प्रर्वद्धन हाम्रो गौरभ भन्ने मुल नाराका साथ क्षेडेदह गाउँपालिकाको वडा नं. ७ […]
काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार बेलुका ७ बजे (नेपाली समय अनुसार राति ९:४५ बजे) सुरु हुनेछ । माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले […]
कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिकामा ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ आयोजना हुने भएको छ। वेदकोट नगरपालिका १ हात्तिथलामा रहेको आदर्श युवा समाजले दशैँ तथा दिपावलीको अवसरमा असोज २० गतेदेखि उक्त नगर स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो। वेदकोट नगरपालिका १ को सहयोगमा उत्तः प्रतियोगिता सञ्चालन हुन लागेको समाजका अध्यक्ष ज्ञानेन्द्र धामीले बताए। उनले प्रतियोगितामा सहभागिता जनाउन आफ्नो […]