होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • समरमा पीएसजी छाडें भने रियल मड्रिड जान्छु : एम्बाप्पे
खेलकुद

समरमा पीएसजी छाडें भने रियल मड्रिड जान्छु : एम्बाप्पे

  • नागरिक रैबार
समरमा पीएसजी छाडें भने रियल मड्रिड जान्छु : एम्बाप्पे

काठमाडौं । पेरिस सेन्ट जर्मेनका केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए ।

यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन । रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ । एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले यो समरमा क्लब छाडें भने म रियल मड्रिड मात्र जान्छु ।’

पछिल्लो ६/७ वर्ष आफूले पेरिसका लागि सबै कुरा दिएको र राम्रो प्रदर्शन गर्ने प्रयास गरेको भन्दै उनले रियलका लागि क्लब छाड्नु तर्कसंगत कदम हुने बताएका छन् ।

विज्ञापन

पीएसजीले रियल मड्रिडको प्रस्ताव रोक्दा आफूलाई शुरुमा केही दुःख लागेको एम्बाप्पेले सुनाए । छाडेर जान लागेको मान्छे पुनः त्यही क्लबमा बस्दा खुशी हुन नसक्ने उनको तर्क छ । तर अहिले त्यो अवस्थाबाट आफू बाहिर आएको भन्दै उनले भने, ‘म सधैं खेल्न चाहन्छु र आफूलाई महान् खेलाडी हुँ भनेर साबित गर्न चाहन्छु । केही कुराले पनि मलाई केही असर पार्न सक्दैन ।’

पीएसजीमा रहँदासम्म क्लबका लागि महत्वपूर्ण योगदान दिने एम्बाप्पेले बताएका छन् । पीएसजी र एम्बाप्पेको सम्झौता यो वर्ष (२०२१) सम्म छ । यदि उनले पीएसजीसँग नयाँ सम्झौता गरेनन् भने आगामी समरमा उनी फ्री ट्रान्सफरमै रियल जान सक्छन् ।

तर पीएसजीले भने एम्बाप्पे फ्री ट्रान्सफरमा अन्य क्लबमा नजाने बताउँदै आएको छ ।

मार्काबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार