होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • दसैंको टीका लगाउने उत्तम साइत ११:०२ बजे
Breaking News

दसैंको टीका लगाउने उत्तम साइत ११:०२ बजे

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दसैंको टीका लगाउने उत्तम साइत ११:०२ बजे

काठमाडौं : आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार टीकाको शुभ साइत आज बिहान ११:०२ बजे रहेको छ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ। त्यस्तै आज बिहान १०:३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ।

मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार