होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिकाको गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म
Breaking News

बडीमालिकाको गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिकाको गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

नागरिक रैबार/बाजुरा ३० पुस । बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताए ।

यसैगरी बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमूना सहर विकास आयोजना र बडीमालिका औद्योगिक क्षेत्र विकास परियोजना नगरसभाले पारित गरेकोे उनले जानकारी दिए ।आयतर्फ विभिन्न शिर्षकमा कूल चार करोड ५५ लाख ६० हजार ७८२ आम्दानी गर्ने लक्ष्य रहेकामा हालसम्म रू २३ करोड ९२ लाख ८३ हजार २७६ आम्दानी भएको बताइएको थियो ।

नगरपालिकाको चालुतर्फको कूल रू ३० करोड ८८ लाख ७७ हजार ८२ बजेटमध्ये रू आठ करोड २६ लाख १९ हजार ७९५ खर्च भएको र पूँजीगततर्फ रू १७ करोड ६७ लाख ३० हजारमध्ये एक करोड २९ लाख ६ हजार ३८ खर्च भएको जानकारी दिइयो । विभिन्न कार्यविधि पारित गरेको नगरसभाले नेरा मावि जडाङ्गालाई कक्षा ११ सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरिएको, सडक, शिक्षा, स्वास्थ्य, स्वरोजागरी र सूचना प्रविधि वडा नं ५ बाहेक सबै वडा केन्द्रसम्म सडक पु¥याउन सफल भएकोे उपप्रमुख विष्टले जानकारी दिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै