होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा भूकम्पीय सुरक्षासम्बन्धी डेमो प्रदर्शन (फोटो फिचर)
Breaking News

बाजुरामा भूकम्पीय सुरक्षासम्बन्धी डेमो प्रदर्शन (फोटो फिचर)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा भूकम्पीय सुरक्षासम्बन्धी डेमो प्रदर्शन (फोटो फिचर)

नागरिक रैबार
माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको झैँ आवाज निस्क्यो । चारैतिर जमिन हल्लियो र कोलाहल मच्चियो । नजिकै छाप्रोले बनाईएको घर हल्लिन थाल्यो । वरपरका केही संरचनाहरुपनि हल्लीए झैँ भए ।

घर हल्लिएर र भत्किन थालेपछि केही घरबाट हामफालेर हातखुट्टा भाँचिएर भुइँमा पछारिए । कोही घर भत्किँदा घरभित्रै घाइते भए भने कोही हतारहतार दौडँदा लडेर घाइते भए ।
कोही विस्तारै झोला बोकेर निहुँरिदै सुरक्षित रुपमा घरबाट बाहिर निस्किए । कोही घरकै कुनामा हातले टाउको छोपेर गुडुल्की परेर बसे । यसले उनीहरुलाई टाउकोमा चोट लाग्नबाट जोगायो ।

घटना भएको केहीबेरमै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी,पत्रकार र रेडक्रसको टोली घटना स्थलमा आइपुग्यो । घाइतेको उद्धार गरेर प्राथमिक उपचारपछि व्याण्डेज बाँधिदिए ।

कोही भत्किएका संरचनाभित्र अरु मानिसहरु छन् कि भनेर खोज्न थाले भने कोही अझै घाइतेको उद्धार गर्दै थिए । उद्धारमा खटिएको टोलीले पहिला गम्भीर घाइते भएकालाई स्ट्रेचरमा राखेर स्वास्थ्य शिविर लगे ।स्वास्थ्य शिविरमा गम्भीर घाइते र बिरामीलाई एक ठाउँमा तथा सामान्य चोटपटक लागेकालाई अर्को ठाउँमा राखिएको थियो । जिल्ला प्रहरीका कार्यालयको टोलीले भत्केको घरको सुरक्षा दिए ।

तर, यो यथार्थपरक घटना वास्तविक थिएनन् । भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय बाजुराले भूकम्पीय जोखिम र सुरक्षाका बारेमा आयोजना गरेको डेमोन्स्ट्रेसन तथा अभ्यास थियो ।

स्थानीयलाई भुकम्प आउँदा र भूकम्पपछि कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा सचेत गराउन सो अभ्यासको आयोजना गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा रेडक्रसकर्मी र स्वास्थ्यकर्मीहरुले डेमो प्रदर्शन गरेका थिए ।

भुकम्पको समयमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुरा नागरिकहरुले प्रत्यक्ष देखेर सिकुन् भन्ने उद्देश्यले डेमो आयोजना गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • २३ मिनेटutes अगाडि

भर्खरै