होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • महराको बयान आज पनि सकिएन, अझै तीन दिन थुनामै
अपराध

महराको बयान आज पनि सकिएन, अझै तीन दिन थुनामै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
महराको बयान आज पनि सकिएन, अझै तीन दिन थुनामै

संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान आज पनि सकिएन ।

बयान नसकिएपछि प्रहरीले पुनः तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला अदालतमा पेश गरेको छ ।  महरासँगको बयान नसकिएको भन्दै काठमाडौं प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउन लागेको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसअघि अदालतले थुनामा राखेर थप अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थपेको थियो ।

त्यस्तै, यसअघि २८ असोजमा पहिलोपटक अदालतमा पेश परेका महरालाई पक्राउ गरेको समयसहित १३ दिन थुनामै राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो । महरा १९ असोजमा पक्राउ परेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार