होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • महानायक राजेश हमाललाई एक लाख राशिको पुरस्कार
मनोरञ्जन

महानायक राजेश हमाललाई एक लाख राशिको पुरस्कार

  • नागरिक रैबार
[sharethis-inline-buttons]
महानायक राजेश हमाललाई एक लाख राशिको पुरस्कार

काठमाडौं, असोज १२ । नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ। झण्डै ३०० को हारहारीमा चलचित्रमा अभिनय गरिसकेका महानायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले उक्त सम्मान गर्न लागेको हो।

असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए।

सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन्। भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ। केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै