होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • गौमुल गाउँपालिकाः वडा नम्बर ६ मा मदिरा निषेध गरिने
Breaking News

गौमुल गाउँपालिकाः वडा नम्बर ६ मा मदिरा निषेध गरिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
गौमुल गाउँपालिकाः वडा नम्बर ६ मा मदिरा निषेध गरिने

प्रमित बि.क, बाजुरा, साउन १४। बाजुराको गौमुल गाउँपालिका वडा नं. ६ मा मदिरा निषेध गरिने भएको छ । मदिराको व्यापक विक्रीवितरण र सेवनले गाउँपालिकामा कलह र झगडा हुनथालेपछि जनप्रतिनिधिले वडामा मदिरा निषेध गर्ने निर्णय गरेका छन् । गौमुल गाउँपालिका वडा नं.६ का जनप्रतिनिधिले पहिलो बैठकमा मदिरा निषेध गर्नेे निर्णय गरेका हुन ।
मदिराका कारणले गाउँमै झै –झगडा हुने, र मदिरा सेवन गरी मेला तथा सभाहलमा होहल्ला गरी समाज विग्रने हुदाँ समाज सुधारका लागी वडाले यस्तो निर्णय गरेको वडा नं. ६ का वडा अध्यक्ष प्रकाश बहादुर रोकायाले बताए ।
मदिराका कारण गाउँमा झै–झगडा हुने र समाजमा विभिन्न किसिमका विकृति छाउने जस्ता विभिन्न अपराधिक घटना व्यप्त रहेकाले शान्तिका लागि मदिरा निषेध गर्ने निर्णय गरेको वडा अध्यक्ष रोकायाले बताए । वडा समितिले यस्तो र्निणय गरेपछि गाउँपालिका भित्र रहेका मदिराको लाइसेन्स लिएका व्यापारीले मदिरा पसल बन्द गर्न थालेका छन् ।
गाउँपालिका भित्र रहेका मौजता मदिरा, मदिरा डिलर, मदिरा इजाजत भएका ब्यक्तिहरुलाई साउन ३० गते भित्र विक्रिवितरण गरी थप मदिरा खरिद नगर्ने सबै मदिरालाई व्यवस्थापन गरि सक्नु पर्ने व्यापारीलाई मदिारा व्यवस्थापन समितीले बताएको छ । साउन मसान्त भित्र मदिरा निषेधित वडा घोषणा गरीने वडा नं.६ का वडा सदस्य प्रेम बि.कले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै