होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • नवलपरासी
  • ‘फानी’ चक्रवातको कारण बारा, पर्साको जनजिवन प्रभावित
नवलपरासी

‘फानी’ चक्रवातको कारण बारा, पर्साको जनजिवन प्रभावित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
‘फानी’ चक्रवातको कारण बारा, पर्साको जनजिवन प्रभावित

बैशाख २०, २०७६

भारतको ओडिशाको समुन्द्री तटमा ‘फानी’ चक्रवातको कारण भारतिय सिमासंग जोडिएको बारा, पर्सा, रौतहट लगायतको जिल्ला समेत प्रभावित भएका छन् ।

विहान ९ः४० बजे हुरीबताससंगै आएको भारी वर्षाले यहाँको जनजीवन प्रभावित बनाएको छ । हुरीबतासकै डरले बारा, पर्सा लगायत जिल्लाका अधिकांश निजि तथा सरकारी विद्यालय बन्द गरिएका छन् । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

भारतको ओडिशाको समुन्द्री तटमा १७५ किलोमिटर प्रतिघण्टाको गतिले हावा चलिरहेको बताइएको छ । सोही हावाहुरी (फानी) ले विस्तारै २०० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने अनुमान गरिएको छ ।

उक्त हावाहुरीले हाल भारतीय सिमानाका जिल्लाहरुमा हावाहुरीसंगै वर्षा भईरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार ओडिशामा मात्रै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै