होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, फाल्गुन २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • क्यान्सर पीडित डडाललाई कर्मचारीद्धारा आर्थिक सहयोग
स्वास्थ्य-जीवनशैली

क्यान्सर पीडित डडाललाई कर्मचारीद्धारा आर्थिक सहयोग

  • नागरिक रैबार
क्यान्सर पीडित डडाललाई कर्मचारीद्धारा आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा १३ फागुन। जिल्ला हुलाक कार्यालय बाजुराका कर्मचारीहरुले क्यान्सर पिडित मनिराम डडालको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

अतिरिक्त हुलाक कार्यालय जगन्नाथ गाउँपालिकाको गोत्री बाजुरामा कार्यरत पूर्व डाँकवाहक डडाल क्यानसर रोगबाट ग्रसित भएपछि जिल्ला हुलाक कार्यालय बाजुरा मार्तडी बाजुरा मातहतका कर्मचारीहरुले उपचारका लागि आर्थिक सहयोग गरेका हुन् ।
जिल्ला हुलाक कार्यालय बाजुरा र मातहतका स्थानीय तहहरुमा कार्यरत ४० जना कर्मचारीहरुबाट संकलित २० हजार पाँच सय रकम क्यान्सर पिडित डडालको उपचारका लागि खातामा जम्मा गरिएको कार्यालय प्रमुख बुद्धबहादुर सोमैले बताएका छन् ।

अतिरिक्त हुलाक कार्यालय गोत्रीमा पत्र वितरक पदमा कार्यरत भइ हाल अवकास भएका डडाल क्यान्सर रोगबाट ग्रसित भई हाल उपचारारत रहेका छन् ।

विज्ञापन

May be an image of text

May be an image of text

May be an image of ticket stub, blueprint, map and text

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार