होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एनपिएलमा आज काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
देश/प्रदेश

एनपिएलमा आज काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

  • नागरिक रैबार
एनपिएलमा आज काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन्। प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।दोस्रो खेल पहिलो संस्करणको उपविजेतासँग खेल्न लागेको हो।

काठमाडौंको कप्तानी करण केसीले सम्हालेका छन्।टिममा उनीसँगै मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर),सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।

काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाई छन्।

विज्ञापन

सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गर्नेछन्। यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।सुदूरपश्चिमो प्रशिक्षक जगत टमाटा छन्।अपराह्न ४ बजेपछि खेल हुने भएकाले दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै