होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • गौमुल गाउँपालिकाको १ नम्मर वडा कार्यालयमा तालाबन्दी
राजनीति

गौमुल गाउँपालिकाको १ नम्मर वडा कार्यालयमा तालाबन्दी

  • नागरिक रैबार
गौमुल गाउँपालिकाको १ नम्मर वडा कार्यालयमा तालाबन्दी

नागरिक रैबार/बाजुरा ५ चैत। बाजुराको गौमुल गाउपालिका वडा नम्ब र १ को वडा कार्यालयमा तालबाबन्दी गरिएको छ। नेकपा एमाले गौमुल गाउँपालिका १ नम्वर वडा कमिटीले आफ्ना विभिन्न मागसहित दबावका लागि वडा कार्यालयमा ताला लगाएको हो ।

वडामा रहेका ६ सय ९८ पार्टी संगठित सदस्यहरूको सामूहिक राजिनामा सहित तीन प्रमुख मागहरू अघि सार्दै आन्दोलन थालेको १ नम्बर वडा कमिटीका अध्यक्ष बिनाेद राेकायाले बताएका छन ।

संघियता पछि स्थानिय तह बनेको आठ वर्ष बितिसक्दा पनि वडा कार्यालयसम्म सडक स‌जालमा नजाेडीनु, उत्पादित बिधुत खपत तथा बिस्तारका लागि पहल गरिनु पर्ने , दिगो टेलिफोन सेवा र प्रशाशनिक काम प्रभाबकारि बनाउन वडा सचिबको ब्यबस्थापन हुनपर्ने लगायतका माग राख्दै ताला बन्दि गरिएको जनाएकाे छ ।

विज्ञापन

वडा कमिटीका नेता तथा कार्यक्रताहरूले मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने समेत जनाएका छन्। स्थानीयवासीहरूले पनि उक्त आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन्। वडाकार्यलमा ताला लगाएपछि वडा कार्यलयबाट सञ्चालन गरिने प्रसाशनिक तथा अन्य कामहरू भने प्रभाबित भएका छन्।t

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि