नागरिक रैबार/बाजुरा ३ चैत्र । बाजुरामा यस वर्षको चैत्र ७ गतेबाट सञ्चालन हुने माद्यमिक शिक्षा परिक्षा एसईईमा करिव ३ हजार बढी परिक्षार्थी सहभागि हुने भएका छन् ।
जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक र संस्थागत ६७ विद्यालयका नियमित र ग्रेडवृद्धि गरी ३ हजार १८ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ ।
जसअनुसार नियमित साधारणतर्फ २ हजार २ सय १५ र ग्रेडवृद्धिका ६ सय ६८ विद्यार्थी सहभागी हुदैँ छन् । त्यस्तै प्राविधिक धारतर्फ १ सय २ नियमित र ३३ जना ग्रेडवृद्धिका सहभागी हुने छन् । एसइइ परिक्षाका लागि जिल्लाका ९ वटा पालिकाका १७ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु