होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, फाल्गुन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाबुरामको प्रस्ताव : फागुन १ लाई ‘जनक्रान्ति दिवस’को रुपमा मनाऔं
देश/प्रदेश

बाबुरामको प्रस्ताव : फागुन १ लाई ‘जनक्रान्ति दिवस’को रुपमा मनाऔं

  • नागरिक रैबार
बाबुरामको प्रस्ताव : फागुन १ लाई ‘जनक्रान्ति दिवस’को रुपमा मनाऔं

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रुपमा मनाउन प्रस्ताव गरेका छन् ।

भट्टराईले शब्दको जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य र सबै दल, जनताकोतर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाउन प्रस्ताव गरेका हुन् ।

‘शब्दको जुंगाको लडाइँ छोडौं । फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

उनले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२–६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई पनि जोड्न प्रस्ताव गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार