होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • मार्तडी-कोल्टी बस संचालनका लागि वस व्यवसायीलाई बुढीनन्दाको आग्रह
बुढीनन्दा

मार्तडी-कोल्टी बस संचालनका लागि वस व्यवसायीलाई बुढीनन्दाको आग्रह

  • नागरिक रैबार
मार्तडी-कोल्टी बस संचालनका लागि वस व्यवसायीलाई बुढीनन्दाको आग्रह

नागरिक रैबार/बाजुरा २६ पुस । मार्तडी कोल्टी बस सेवा संचालन गर्न यातायत व्यवसायीलाई बुढीनन्दा नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले मार्तडी-कोल्टी सडकमा बस सचालनका लागि महाकाली यातायात प्रालिलाई विहिबार एक पत्र पठाउँदै आग्रह गरेको हो ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराद्वारा हस्ताक्षेरीत पत्र मार्फत महाकाली यातायात प्रालीलाई बस संचालनका लागि अनुरोध गरिएको हो ।

पुर्विउत्तरी क्षेत्रका ४ पालिका सहित मुगु हुम्ला र कालिकोट जिल्लाका १७ वटा पालिकाको मुख्य केन्द्र विन्दु रहेको कोल्टीमा बस सेवा नियमित गर्नका लागि यातायात व्यवसायीलाई आग्रह गरिएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् ।

विज्ञापन

मार्तडी देखि कोल्टी सम्म नियमित रुपमा बस सेवा संचालन गर्नका लागि पाण्डुसैन देखि कोल्टी सम्मको सडक सुधार गर्न सके यातायात व्यवसायी बस सेवा नियमित गर्न सहज हुने यातायात व्यवसायीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरेकाे एक महिना बढी भइसकेकाे छ । बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने गरेकोमा काेल्टि सम्म बस संचालन गर्न मंसिर २० गते जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्बदलिय सर्वपछिय बैठक बसेकाे थियाे ।

बैठकले तत्काल बस संचालन गर्ने निर्णय गरेकाे भए पनि कुनै पहल नभएकाे स्थानियले बताएका छन । कर्णाली करिडोरको बाटो भएर पीलुचौर, धुलाचौरसम्म बस सञ्चालन भइरहेपनि मार्तडी कोल्टी सडकमा अझै सेवा सञ्चालन भएको छैन् ।

May be an image of ticket stub and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै