होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका–९ को वडा सभा सम्पन्न, शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्राथमिकता
समाचार

बडीमालिका–९ को वडा सभा सम्पन्न, शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्राथमिकता

  • नागरिक रैबार
बडीमालिका–९ को वडा सभा सम्पन्न, शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्राथमिकता

नागरिक रैबार/बाजुरा २६ जेठ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ को वडा सभा सम्पन्न भएको छ । नगरपालिकाबाट वडाका लागि आर्थिक वर्ष २०८२/८३ वित्तिय समानीकरण अनुदान अनुसार पुजिंगत तर्फ २४ लाख २४ हजार २० हजार र चालु तर्फ १ लाख ३० हजार गरी २५ लाख ५४ हजार २० रुपैयाँ रहेको छ ।

वडा सभामा १६ वटा टोल तथा वस्ती स्तरबाट आएका योजनाहरुलाई दिगो विकासको लक्ष्यमा टेवा पुगाउने गरी यस वर्षका योजना छनोट गरेर नगर सभामा पठाउने वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा वडामा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी पर्यटन, सरसफाई लगायतलाई विशेष प्राथमिकतामा राख्ने योजनाहरु छनोट गरेर नगरसभामा पेश गर्न वडा वासीले वडा समितिलाई अनुरोध गरेका छन् ।

विज्ञापन

वडा नम्वर ९ का वडा अध्यक्ष सुर्यकिरण विकको अध्यक्षतामा सम्पन्न भएको वडा सभामा कार्यपालिका सदस्य राजेश पायल विक, माओवादी केन्द्रका मानबहादुर विक, एमाले जिल्ला कमिटी सदस्य माया खड्का, सरिता नेपाली लगायत टोल समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । बडीमालिका ९ को वडा वडा कार्यालयमा सम्पन्न भएको वडा सभाको संचालन वडा सचिव सुनिता सुनारले गरेकी थिईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै