होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकामा बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रम हुँदै
Breaking News

बडीमालिकामा बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रम हुँदै

  • नागरिक रैबार
बडीमालिकामा बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रम हुँदै

नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुराको बडीमालिका नगरपालिकाले वृहत कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गर्ने भएको छ ।

 नगरपालिकाकाे बार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले जेठ २ गते बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रमकाे आयोजना गर्न लागिएकाे नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रेमबहादुर महतले बताएका छन् ।

बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रममा नगरका ९ वटै वडाका कृषकहरुले उत्पादनहरु खाद्यान्न बाली समुह अन्तर्गत (धान,गहुँ,जाै,मकै,तथा रैथाने बाली) फलफूल बालि समूह अन्तर्गत (हागा सहित सुन्तला जात,आरु,अम्बा,किवी आदी) प्रदर्शनी गरिने छन्।

विज्ञापन

त्यस्तै नगदे तथा विविध बाली समूह (माैरी,मह,च्याउ,आदि) मसला बाली समूह तर्फ (अदुवा,बेसार,लसुन,धनिया आदि) आलु तथा जरे बाली समुह तर्फ (प्याज,मुला,आलू, पिँडालु आदि) लहरे तरकारी बाली तर्फ (जुकेनी,फर्सी,काक्रा,सिमि,बाेडी आदि) र फल तथा पातजन्य तरकारी तर्फ (रायाे,बन्दा,काउली,टमाटर आदी) तरकारी,बालीनाली तथा फलफूलहरुकाे प्रदर्शनी गरिने भएको छ।

साथै स्थानीय ३६ बाजा झल्किने (पञ्चेबाजा) झाकी प्रदर्शन,सामुहिक एकल नृत्य तथा एकल गायन प्रस्तुत गरिने छन्।सम्पूर्ण विधाका उत्कृष्ट कृषि उपजलाई आकर्षक पुरस्कारकाे समेत व्यबस्था रहेकाे छ । प्रदर्शनीमा ल्याईने कृषि उपजहरुकाे फल,पात,जरा,काण्ड,हागा सहित ल्याउनुपर्ने छ।

बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रम कृषि बजार (नेपाल खाद्य नजिकै) हुनेछ कृषि उपज बस्तुकाे दर्ताकाे लागि १० बजेदेखि १२ बजेसम्म सम्पुर्ण कृषकहरुले आ- आफ्नो कृषि उपज बस्तु दर्ता गराईसक्नु पर्ने र मेलामा सहभागि विभिन्न विधाका कृषि उपजहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको नगरपालिकाले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार