नागरिक रैबार/ बाजुरा २१ असार। बाजुराकाे बुढीनन्दा नगरपालिकामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छाेरा विशाल भण्डारी रहेका छन् ।
जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती काैसाडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन। पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेका हुन्।
फेसबुक प्रतिक्रियाहरु