होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडी बजारका मुख्य ठाउँमा सिसि क्यामरा जडान
Breaking News

मार्तडी बजारका मुख्य ठाउँमा सिसि क्यामरा जडान

  • नागरिक रैबार
मार्तडी बजारका मुख्य ठाउँमा सिसि क्यामरा जडान

नागरिक रैबार/बाजुरा १९ असार।बाजुराको बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रका मुख्य ठाउँमा सिसि क्यामरा जडान गरेको छ ।

बजार क्षेत्रमा हुने विभिन्न किसिमका अपराधिक घटना, अनैतिक क्रियाकलाप र चोरी डकैति जस्ता क्रियाकलापहरुलाई नियन्त्रण र निगरानी गर्नका लागि सिसि क्यामरा जडान गरिएको नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् ।

मार्तडी बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर र सुरक्षित र व्यवस्थित बजार बनाउनका लागि सिसि क्यामरा जडान गरिएको नगरप्रमुख खड्काले जानकारी दिए ।

विज्ञापन

सिसि क्यामराहरु मार्तडी बजार प्रवेश गर्ने मुख्य नाका जिरो प्वाईन्ट, कारागार, तुफानडाँडा, हिलटप होटल, डिआर मप्ट, डिभिजन बन कार्यालय, खेलुकद, लोकतान्त्रिक चोक, अस्पताल लाईन, गौडाँ डिल र खुलामंच एरियासम्म निगरानी गर्ने गरी जडान गरिएका छन् ।

नगरपालिकाको निति तथा वार्षिक कार्यक्रम अनुसार करिव १० लाखको लगानीमा बजारका मुख्य ठाउँहरुमा करिव १३ वटा सिसि क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ ।

सिसि क्यामेरा जडान पछि बजार क्षेत्रका मुख्य ठाउँमा विभिन्न किसिमका अपराधिक घटनाहरुलाई निगरानी र नियन्त्रण गर्न सजिलो हुने भएको छ ।

२०७९ को निर्वाचनमा अमरबहादुर खड्काको नेतृत्वमा बनेको स्थानीय सरकारले पहिलो पटक मार्तडी बजार क्षेत्रमा सिसि क्यामरा जडान गर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार