होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु
देश/प्रदेश

सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु

  • नागरिक रैबार
सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेत– सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान २ बजे दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको थियो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

विज्ञापन

जीप सडकदेखि करिब एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ५ यात्रु सवार रहेको बताइएको छ । खबरहवबाट

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै