होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिमलताल दुर्घटनाः ३८ जना यात्रु र बसको अवस्था अझै अज्ञात
समाचार

सिमलताल दुर्घटनाः ३८ जना यात्रु र बसको अवस्था अझै अज्ञात

  • नागरिक रैबार
सिमलताल दुर्घटनाः ३८ जना यात्रु र बसको अवस्था अझै अज्ञात

काठमाडौँ । १५ दिन बिति सक्दा पनि नारायणगढ मुगलिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । ६५ जना सवार उक्त बसका ३ जना जीबीतै रहेका छन् भने ६३ जना यात्रु हराई रहेको थियो ।

हाल सम्म २४ जनाको शब फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ । उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ जना टोली आएका छन् । बस हराएको १५ दिन बिति सक्दा पनि बसको कुनै अत्तो पत्तो लागेको छैन् । बस यात्रुको खोजी ससस्त्र प्रहरी बल र भारतका टोलीले सयुक्त रुपमा खोजी गरी रहेका छन् ।

विज्ञापन

भारत बाट आएका टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राबिधिक रहेका छन् । भारत बाट आएका टोली ६ दिन सम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछि चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको बिपद् ब्यबस्थापन तालीम शिक्षालयका एसपी जनक पुरीले बताए ।

उक्त बसका अझ ३८ जना यात्रु हराई रहेका छन् । ७ दिन लाई आएका भारतिय टोलीको पनि शनिबारबाट समय सकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार