होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो २४ घण्टामा युट्युवमा धेरै हेरिने नेपाली गीत
समाज

विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो २४ घण्टामा युट्युवमा धेरै हेरिने नेपाली गीत

  • नागरिक रैबार
विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो २४ घण्टामा युट्युवमा धेरै हेरिने नेपाली गीत

काठमाडौं । विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ २४ घण्टामा सबैभन्दा धेरै हेरिने नेपाली भाषाको गीत बनेको छ । एकैदिनमा यो गीतलाई १५ लाख पटक हेरिएको छ ।

यो समाचार तयार पार्दासम्म (११ः०६ बजे)सम्म गीतलाई १६ लाखभन्दा बढी पटक हेरिएको छ । यो ट्रेन्ड कायम रहे, दोस्रो दिन आइतबारसम्म गीतले २० लाखको आँकडा सजिलै पार गर्ने देखिन्छ ।

शनिबार बिहान ‘सपना म्युजिक इन्डष्ट्रिज’ नामक युट्युव च्यानलबाट गीत रिलिज भएको थियो । यो गीतलाई युट्युवमा अहिलेसम्म झण्डै १५ हजार प्रतिक्रिया प्राप्त भएका छन् । लाइक समेत १ लाख २५ हजारभन्दा बढी छ ।

विज्ञापन

टिकटक र रिल्समा समेत यो गीतमाथि प्रशस्तै भिडियो बनेका छन् । तीनदिनअघि सरकारले टिकटकलाई खुला गरेपछि विष्णु माझीको नयाँ गीतलाई झनै फाइदा पुगेको देखिएको छ । यो गीतमा माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ भने आशिष अविरलको एरेन्ज छ । भिडियोमा ललिता पौडेल फिचर्ड हुँदा माझीको पाश्र्वगायन छ ।

उनको अघिल्लो गीत ‘चरी जेलैमा’ले दुई सातामा १ करोड भ्यूज प्राप्त गरेको थियो । छोटो समयमा करोड क्लबमा पुग्ने गीतमा भने प्रकाश सपुतको गीत ‘सकम्बरी’ छ । सपुतको उक्त गीतले एक सातामा करोड भ्यूज पाएको थियो । साथै, त्यो गीतले रिलिजको दिनमा १० लाख भ्यूज पाएको थियो । फिल्म ‘छक्कापञ्जा’ श्रृंखलाका केही गीतले पनि २४ घण्टामा ९/१० लाख भ्यूज पाएका थिए ।

आइन आमा यो तीजमा | Bishnu Majhi New Teej Song 2024/2081 | AAINA AAMA YO TEEJMA| Putaliko Bhatti – 20 (youtube.com)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार