नागरिक रैबार। बाजुराको बडीमालिका नगरपालिका ९ स्थायी घर भएका जयबहादुर उखेडा र स्मृति शाहीको स्वरमा रहेको पुर्वकी छोयाट्टी गीतको छायाङकन महेन्द्रनगरमा गरिएको छ ।
कलाकारद्वय भुपी उपाध्याय र रोजी कुँवरको अभिनयमा पुर्वकी छोयाट्टीको छायाङकन सम्पन्न भएको छ । कञ्चनपुरको विभिन्न स्थलमा देउडा गित पुर्वकी छोयाट्टीको छायाङकन गरिएको हो ।
खप्तड डिभिजट म्यूजिकको आयोजनामा नयाँ बजारमा आउने नृत्य सहितको देउडा गित पुर्वकी छोयाट्टीको छायाङकन सम्पन्न गरिएको छ ।
यो गीतमा जय उखेडाको शब्द र नरबहादुर विश्वकर्माको लय अनि एजेञ्ज राजेन्द्र बाजुरेलीले गरेका छन् । भने गितको निर्देशक तथा कोरियोग्राफर भीम थापा, छायाङकन अमृत उपाध्यायको रहेको छ ।
मालाश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिस सागर बाजुराली हुन् । उक्त पुर्वकी छोयाट्टी गित मायापिरतीमा आधारित छ । गीतको छायाकनको काम सकिएको र छिट्टै बजारमा ल्याउने गरि तयारी भइरहेको गायक उखेडाले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु