होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्वामीकार्तिकमा काँग्रेस र समाजवादी छाडेर एमालेमा प्रवेश गर्नेकाे संख्या बढ्दै
Breaking News

स्वामीकार्तिकमा काँग्रेस र समाजवादी छाडेर एमालेमा प्रवेश गर्नेकाे संख्या बढ्दै

  • नागरिक रैबार
स्वामीकार्तिकमा काँग्रेस र समाजवादी छाडेर एमालेमा प्रवेश गर्नेकाे संख्या बढ्दै

नागरिक रैबार/बाजुरा ५ मंसिर। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरुले चुनावी प्रचार प्रसार तिव्र बनाएका छन् ।

उपनिर्वाचनमा आफ्नाे पार्टीका उम्मेदवारलाई विजयी गराउनका लागि दलहरू यतिखेर मतदाताकाे घरदैलाेमा धाहेका छन् ।

प्रचारप्रसार अभियानकै क्रममा स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेस र एकिकृत समाजवादी पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरूकाे संख्या पनि बढ्न थालेकाे छ ।

विज्ञापन

एमालेमा प्रवेश गर्नेमा नेपाली काँग्रेसबाट सरना विक, मनरुप विक, रुप विक, ईश्वरी लावड र औला चदाँरा रहेका छन् ।

यस्तै एकिकृत समाजवादीका जयलाल शाही, मनराज सिंह, एभान शाही, गोरे विक र थुमा भुल रहेको प्रचार विभाग उपसंयोजक दील थापा (भोटे)ले जानकारी दिएका छन् ।

नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदूस्य कर्ण बहादुर थापा, जिल्ला ईन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह, सहदेव बोगटी, प्रदेश उपाध्यक्ष काली बहादुर शाही, जिल्ला अध्यक्ष लाल बहादुर ओली लगायत नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

स्वामीकार्तिक खापरमा उपाध्यक्ष पदका लागि यहि मंसिर १६ गते उपनिर्वाचन हुदैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै