होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मार्तडीमा करेन्ट लागेर एक युवक घाईते, थप उपचारका लागि धनगढी लगियो
देश/प्रदेश

मार्तडीमा करेन्ट लागेर एक युवक घाईते, थप उपचारका लागि धनगढी लगियो

  • नागरिक रैबार
मार्तडीमा करेन्ट लागेर एक युवक घाईते, थप उपचारका लागि धनगढी लगियो

नागरिक रैबार/बाजुरा ६ असार। बाजुराको सदरमुकाम मार्तडीमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बिहिबार बेलुकी विद्युतको तार मर्मत गर्ने क्रममा त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद घाइते भएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र अन्तरगत बडीमालिका नगरपालिका ९  कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ कालोतार विस्तार गर्ने क्रममा करेन्ट लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

प्रहरीका अनुसार पुरानो खुला तार हटाएर नयाँ सुरक्षित कालो तार विस्तार गर्ने क्रममा साउँदको करेन्ट लागेर दायाँ हात र दायाँ,बायाँ खुट्टामा चोट लागेको छ ।

विज्ञापन

घाइते साउँदको जिल्ला अस्पताल बाजुरामा उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको बुझिएको छ । घाइते साउँदलाइ नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र जीपमा धनगढी लगिएकाे हाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार