होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • राष्ट्रपति पाैडेलद्वारा बाजुराकाे नाटेश्वरी मन्दिरकाे उद्घाटन
Breaking News

राष्ट्रपति पाैडेलद्वारा बाजुराकाे नाटेश्वरी मन्दिरकाे उद्घाटन

  • नागरिक रैबार
राष्ट्रपति पाैडेलद्वारा बाजुराकाे नाटेश्वरी मन्दिरकाे उद्घाटन

नागरिक रैबार/बाजुरा १ कात्तिक। राष्ट्रपति रामचन्द्र पाैडेलले बाजुराको नाटेश्वरी मन्दिरकाे समुद्घाटन गरेका छन ।
उनले आज जिल्लाको त्रिवेणी नगरपालिका ७ मा रहेको धार्मिक पवित्र स्थल नाटेश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गरेका हुन । राष्ट्रपति पाैडेलले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकिय स्थल बडीमालिका माताकाे दर्शन पश्चात् नाटेश्वरी पुगेर मन्दिर उद्घाटन सँगै पूजाआजा समेत गरेका छन ।
त्रिवेणी नगरपालिकाकाे आयोजनामा नाटेश्वरी मन्दिरमा एक औपचारीक कार्यक्रमका बिच राष्ट्रपती पाैडेलले मन्दिरको उद्घाटन गरेकाे त्रिबेणी नगरपालिकाले जनाएकाे छ ।  राष्ट्रपति पाैडेल सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र प्रधानसेनापति समेत साे कार्यक्रममा सहभागी भएका छन ।

२०७८ सालमा निर्माण थालिएकाे साे मन्दिरकाे करिव १४ करोडको लागतमा  बन्ने भनेर डिपिआर भएको थियाे ।  साे मन्दिर निर्माणका लागि जलुकेनी निर्माण सेवा प्रालिको ठेक्का सम्झौता भएर मन्दिर निर्माण र फन पार्क निर्माण   गरिएकाे छ । नाटेश्नवरीमा करिव ६ करोड लागतमा फनपार्क निर्माण समेत गरिएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार