होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रक्सी पिउँदा चिसो भाग्छ ?
समाचार

रक्सी पिउँदा चिसो भाग्छ ?

  • नागरिक रैबार
रक्सी पिउँदा चिसो भाग्छ ?

काठमाडौँ । ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ हरेक पार्टी वा भोजमा बज्ने गीत हो । रक्सीमाथि यस्ता अनेकौँ गीत बनेका छन् । यी गीतको लोकप्रियताले रक्सीप्रति मान्छेको रुचि देखाउँछ । रोचक कुरा त के छ भने वर्षौँदेखि चुरोट र रक्सीको प्याकेट/बोतलमा रक्सी सेवन गर्दाका हानिबारे खुबै प्रचार पनि गरिएको छ । तर रक्सी पिउने मानिसहरू भने यस्ता चेतावनीतिर खासै ध्यान दिँदैनन् । देखेको नदेखे झैँ गर्छन् ।

बरु यस्ता चेतावनीभन्दा रक्सी सेवनबारे जनमानसमा व्याप्त मित्था झुटलाई बढी चासो दिन्छन् । खाना खानु अघि रक्सी पिउनाले खाना राम्रोसँग पच्छ, रुघाखोकी लागेको छ भने रक्सी पिएपछि ठिक हुन्छ, रुघाखोकी लाग्न नदिन बच्चालाई पनि ब्रान्डी वा रम खुवाउँदा हुन्छ आदि आदि तर के रक्सीबारे यस्ता मिथकहरू साँच्चै सत्य हुन् त ? मानिसहरूले आफ्नो फाइदा अनुसार हित अनुसार रक्सीबारे धेरै कथा कहानी बनाउँछन् । आजको यस लेखमा हामीहरू रक्सीसँग सम्बन्धित ३ मित्थाबारे बताउनेछौँ ।

चिसोबाट बच्च रक्सी पिउनुपर्छ ?
रक्सीले न्यानो राख्ने भएकोले चिसो स्थानका देशमा बस्ने मानिसहरू बढी रक्सी पिउने गर्छन् भन्ने त तपाईँले सुन्नु भएकै होला । तर यथार्थमा यस्तो होइन । जब हामी रक्सी पिउँछौँ, शरीरमा रगत छिटो बग्न थाल्छ र हामीलाई तातो महसुस हुन्छ । तर यो अनुभूति तपाईँको छालामा मात्र हुन्छ, त्यो पनि केही क्षणको लागि मात्रै । यस पछि शरीर चिसो हुन थाल्छ र तातो महसुस गर्न तपाईँले धेरै रक्सी पिउनुहुन्छ । त्यसपछि तपाईँ पिएको पिएकै गर्न थाल्नु हुन्छ । तर यसले तपाईँलाई महसुस भइरहेको चिसो हट्दैन ।

विज्ञापन

चिसो र खोकी लाग्दा बच्चालाई ब्रान्डी वा रक्सी दिन सकिन्छ ?
पछिल्लो समय नेपालमा वाइन वा ब्रान्डीको सेवन बढेको छ । कसै कसैले त आफूले खाइरहेको वाइन वा ब्रान्डी छोराछोरीलाई पनि खुवाइदिन्छन् । यसले चिसो भगाउँछ भनेर रुघा खोकी लागेको समयमा बच्चालाई केही थोपा भए पनि खुवाइदिन्छन् ।

तर २ थोपा मात्रै पनि उनीहरूका लागि हानिकारक साबित हुन सक्छ । एक थोपा अल्कोहल पनि क्यान्सरका लागि जिम्मेवार हुने डब्लुएचओले बताएको छ । मदिरा सेवनले ७ प्रकारको क्यान्सर हुन सक्छ । जसमा घाँटीको क्यान्सर, कलेजोको क्यान्सर, आन्द्राको क्यान्सर, मुखको क्यान्सर, स्तनको क्यान्सर, आन्द्राको क्यान्सर, अन्न नलीको क्यान्सर आदि पर्दछन् ।

खाना खाएपछि रक्सी पिउँदा पाचन प्रक्रिया राम्रो हुन्छ ?

मानिसहरू खाएपछि पिउने कुरा गर्छन्, ताकि खाना राम्रोसँग पचोस् । केही मान्छे त खाना खानु अघि पनि रक्सी पिउँछन् । तर सत्य के हो भने खाना खानु अघि रक्सी पिउनु धेरै खतरनाक छ । किनकि रक्सी सिधै रक्त प्रवाहमा जान्छ र बढी नशा लाग्छ ।

खाना खाइसकेपछि रक्सी पिउँदा पाचन प्रक्रिया तीव्र हुँदैन बरु उल्टै सुस्त हुन्छ । तपाई साँच्चै आफ्नो पाचनबारे चिन्तित हुनुहुन्छ भने पैसा खर्चेर रक्सी किन्नुको सट्टा तातो पानी पिउनुहोस् । तपाईँलाई फाइदा हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार