होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीबाट एक सुत्केरी महिलाकाे हेलिकप्टर मार्फत उद्वार
Breaking News

मार्तडीबाट एक सुत्केरी महिलाकाे हेलिकप्टर मार्फत उद्वार

  • नागरिक रैबार
मार्तडीबाट एक सुत्केरी महिलाकाे हेलिकप्टर मार्फत उद्वार

नागरिक रैबार। जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई  थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले  जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी महिला खड्काको पेट सुनिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको बताए ।

विज्ञापन

जिल्ला अस्पताल बाजुराबाट सुत्केरी महिलाको अवस्था जटिल बन्दै गएको पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालयलाई हेलिकप्टर मार्फत उद्धारका लागि  पहल गरेरपछि सुत्केरी महिलाको सेनाको एन ०६६ काे  हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।

उहाँका अनुसार  सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्लामा  हरेक महिनामा गर्भवती तथ सुत्केरी महिलाको जिल्लामा उपचार सम्भव नभएर जिल्ला बाहिर सेनाको हेलिकप्टर मार्फत उद्धार हुदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार