नागरिक रैबार/बाजुरा १ फागुन। बाजुराकाे बुढीगंगा नगरपालिका- ७ काे वडा कार्यालयमा लगाईएकाे ताला २३ दिनपछि खुलेकाे छ ।
बुढीगंगाका नगर प्रमुख राम बहादुर बानियाँको उपस्थितिमा आज २३ दिनपछि वडा कार्यालयकाे ताला खुलाईएकाे हाे ।
वडामा रहेका समस्या आगामी दिनमा सहकार्य र छलफलका आधारमा समाधान गर्ने सहमति अनुसार वडामा लगाएकाे ताला खुलाईएकाे हाे ।
माघ ९ गते लामो समय देखी वडा सचिव पंजिकाधिकारी र प्राबिधीक नहुदा नागरिकलाई समस्या भएको भन्दै स्थानिय राजनितिक दलहरुले तालाबन्दी गरेका थिए ।
४ वटा राजनितिक दलहरुले सार्बजनिक सुचना टाँस गर्दै वडा सचिव र प्राबिधिकको ब्यबस्था नभए सम्मका लागि भन्दै तालाबन्दी गरिएकाे थियाे ।
<span;>वडामा ४ राजनीतिक दलका प्रतिनिधिहरूले तालाबन्दी गरेपछि वडाका दैनिक कामकाजहरू प्रभावित बनेका थिए ।
फेसबुक प्रतिक्रियाहरु