होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु
Breaking News

बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

  • नागरिक रैबार
बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले परिक्षण प्रसारण सुरु गरेको छ।जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्जमा परीक्षण प्रसारण सुरु गरेको हो ।

कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्समिटर जडानका साथ परिक्षण प्रसारण सुरु गरिएको जडान कार्यमा संलग्न टोली प्रमुख वरिष्ठ प्राविधिक गिरिराज निरौलाले बताउनुभयो।

विज्ञापन

प्रारम्भिक अध्ययन अनुसार यो रिले प्रसारणबाट बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बैतडी तथा छिमेकी जिल्ला मुगु ,कालिकोट र हुम्लाका धेरै स्थानमा रेडियो नेपालको प्रसारण स्पष्ट सुन्न सकिने छ। देशको शतप्रतिशत भू–भागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरूप यो एफ एम रिले स्टेशन स्थापना गरि परीक्षण प्रसारण सुरु गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बताउनुभयो।

देशका सबै भू–भागमा प्रसारण पहुँच पुर्‍याउने लक्ष्य राखेको रेडियो नेपालले भौगोलिक रुपमा कठिन र दुर्गम मानिने बाजुराबाट समेत रिले स्टेसनका रुपमा प्रसारण थालेको निर्देशक केसीले जानकारी दिनुभयो ।

जिल्लाकै एफ एम रिले स्टेसन बाट रेडियो नेपाल सुन्न पाउने भएपछि बाजुरावासी श्रोता निकै खुशी भएका छन् । विगत लामो समयसम्म रेडियो नेपालको कार्यक्रम सुन्न नपाएका पुराना श्रोता रेडियो नेपालका लोकप्रिय कार्यक्रम र समाचार सहजै सुन्न सकिने भएपछि हर्षित भएका हुन्।

यसअघि रेडियो नेपालले देशका विभिन्न जिल्ला सँगै सुदूरपश्चिमको छापरी दार्चुला, हेमन्तवाडा बझाङ, खोड्पे बैतडी,बुढी तोला कैलाली,र उडितोला सिलगढी डोटी गरी पाँच स्थानबाट एफ एम ब्यान्ड मार्फत् आफ्नो प्रसारण सुरु गरिसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै