होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा बाजुराका ओली नियुक्त
बाजुरा बिशेष

औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा बाजुराका ओली नियुक्त

  • नागरिक रैबार
औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा बाजुराका ओली नियुक्त

३५ वर्षकै उमेरमा पाए राज्यको कार्यकारी जिम्मेवारी

बाजुरा । नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओली नियुक्त भएका छन् । नेपाल सरकार उद्योग मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग मन्त्रालयले ओली सहित सिर्जना श्रेष्ठ र संजयलाल मानन्धरलाई सिफारिस गरेको थियो ।
सिफारिस गरिएका ३ जना मध्ये बाजुराका पदम ओलीलाई नियुक्ति दिने मन्त्री परिषदको बैठकले निर्णय गरेको हो । १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ओली सहीत तीन जना पहिलो चरणमा सिफारिस भएका थिए । महाप्रबन्धकका लागि मन्त्रालयले जेष्ठ २२ गते सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को बैठकले २ दिन पछि नियुक्तिका लागि निर्णय गरेको हो ।
ओली नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्ती हुने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् । यस अघि सोही क्षेत्रको अध्यक्षमा भने बाजुराका दयालबहादुर शाही सिफारिस भएका थिए । शाही हाल प्रतिनिधी सभाको सांसद छन् ।
उद्योण मन्त्री दामोदर भण्डारी भएकै बेला सुदूरपश्चिमले देशभरिका सबै उद्योगहरुको प्रमुख संस्थाको कार्यकारी जिम्मेवारी प्राप्त गरेको छ । हाल १० वटा बढी औद्योगीक क्षेत्रहरुको सम्पूर्ण जिम्मेवारी नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुकै अधिकार क्षेत्र भित्र रहेको छ ।
लामो समयदेखि पदपूर्तिका लागि खुला आवेदन आह्वान गरिएको थियो । आह्वान गरिएका निवेदनबीच खुला प्रतिस्पर्धाका लागि पनि लामै समय खर्चिएको हो । अघिल्लो मन्त्री मण्डलकै बेला निवेदन आह्वान गरिएकोमा दामोदर भण्डारी आइसकेपछि मात्रै कार्यान्वयन भएको हो ।
महाप्रबन्धकमा नियुक्त ओली बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ ओलीगाउँका स्थायी बासीन्दा हुन् । कक्षा ५ सम्मको पढाइ सकेर काठमाडौ गएका ओलीले एसएलसी र कक्षा ११ र १२ सम्मको शिक्षा पनि काठमाडौंमै पुरा गरे । काठमाडौं इन्जिनियरिङ कलेजबाटै विई र एमई सकाएका ओली सानै देखि नेकपा एमाले निकट राजनीतिमा सक्रिय थिए ।
२०६५ सालमा अनेरास्ववियुको तर्फबाट काठमाडौं इन्जिनियरिङ कलेजको स्ववियुमा लडेका ओली सोही कलेजको प्रारम्भीक कमिटी अध्यक्ष भएर काम गरेका थिए । बाजुरा काठमाडौं सम्पर्क कमिटीको सहसचिव, सचिव हुँदै अध्यक्ष भएर काम गरेका ओली सम्पर्क कमिटीको सचिवालय सदस्य सम्मको जिम्मेवारी सम्हालीसकेका छन् ।
इन्जिनियरिङ एसोसिएसन पीनको बाग्मती प्रदेश अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य र बाग्मती प्रदेश इन्चार्जको भूमिकामा भएर ओली सक्रिय छन् । अनुभव र अध्ययन बिशिष्ठ योग्यता भएका ओलीले राज्यको कार्यकारी पदमा भएर काम गर्ने अवसर पाउँदा आफू खुसी भएको बताएका छन् ।
उमेरमा ३५ पुगेका ओलीले प्राप्त अवसरलाई सफलता पूर्वक निर्वाह गर्ने र केही गरेर देखाउने प्रतिवद्धता जनाएका छन् । महाप्रबन्धक पदमा योग्य ठान्ने र जिम्मेवारीका लागि विश्वास गर्ने नेपाल सरकार, उद्योग मन्त्रालय र सिंगो मन्त्री परिषद्को निर्णयलाई सम्मान हुने काममा सक्रिय रहने बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै