नागरिक रैबार/बाजुरा १८ पुस । गौमुल गाउँपालिकाको केन्द्र घटमुना बजारमा तरकारी संकलन तथा विक्रि केन्द्रको स्थापना गरिएको छ ।
पालिका भित्रका कृषकहरुले उत्पादन गरेको तरकारीलाई बजारीकरणमा समस्या नहोस भन्ने उद्देश्यले घटमुना बजारमा तरकारी संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
तरकारी संकलन तथा विक्री केन्द्रको आज एक औपचारिक कार्यक्रमका विच गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले उद्घाटन गरेकी छन् ।
गौमुल गाउँपालिकाको समन्वय तथा आईएनएफ नेपालको २ लाख र एच आरसी बाजुराको ४७ हजार गरी २ लाख ४७ हजारको लागतमा तरकारी संकलन तथा विक्री केन्द्रको स्थापना गरिएको हो ।
सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तरकारी संकलन तथा विक्री केन्द्र निर्माण गरेर दैनिक संकलन तथा विक्री गर्ने गरी जिम्मेवारी लिएको अध्यक्ष श्याम बहादुर रोकायाले बताएका छन् । तरकारीको मुल्य निर्धारण गरेर सहकारी मार्फत नियमित रुपमा बजारमा तरकारी पठाउने अध्यक्ष रोकायाको भनाई रहेको छ ।
थोरै मात्रामा उत्पादन गर्ने किसानलाई बजारसम्म आउन खर्चले नपुग्ने हुँदै आएकोमा संकलन केन्द्र मार्फत जाँदा पैसा पनि बचत हुने समय पनि खेर नजाने कृषक तिलक विकले बताएका छन ।
यस अघि तरकारी संकलन केन्द्र नहुँदा कृषहरुले उत्पादन गरेको तरकारी विक्रि मा समस्या हुँदै आएको थियो । गाउँपालिकाको केन्द्र घटमुनामा तरकारी संकलन तथा विक्रि केन्द्र स्थापना गरिएसँगै अवदेखि कृषकहरुलाई सहज हुने भएको छ ।
फेसबुक प्रतिक्रियाहरु