होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • स्वामीकार्तिक उपनिर्वाचन अप्डेट: ३ घण्टाको अवधिमा १३१४ मत खस्यो
देश/प्रदेश

स्वामीकार्तिक उपनिर्वाचन अप्डेट: ३ घण्टाको अवधिमा १३१४ मत खस्यो

  • नागरिक रैबार
स्वामीकार्तिक उपनिर्वाचन अप्डेट: ३ घण्टाको अवधिमा १३१४ मत खस्यो

नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ३ घण्टाको अवधिमा १ हजार ३ सय १४ जनाले मतदान गरेका छन् । विहान ७ बजेबाट सूरु भएको मतदानमा १ हजार ३ सय १४ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकले बताएको छ ।

उपाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । उपनिर्वाचनका लागि ५ वटा मतदान स्थल र ९ वटा मतदान तोकिएका छन् । मतदान  प्रकिया सम्पन्न गर्न र मतदातालाइ भयरहित वातावरणमा मतदान गर्नका लागि  सुरक्षा व्यवस्था समेत राम्रो बनाइएको  प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले बताएका छन् । उपनिर्वाचनमा मतदाता संख्या ७ हजार ६० जना मतदाता रहेका छन्।

गाउँपालिका उपाध्यक्षका लागि नेपाली काँग्रेसबाट पुल्तिसरा शाही, नेकपा एमालेबाट सुलोचना बुढा र नेकपा एकिकृत समाजवादीबाट जवा शाही चुनावी प्रतिष्पर्दामा रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार