होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • यी हुन् एमालेका ७७ वटै जिल्लाका इन्चार्ज (सूचिसहित)
देश/प्रदेश

यी हुन् एमालेका ७७ वटै जिल्लाका इन्चार्ज (सूचिसहित)

  • नागरिक रैबार
यी हुन् एमालेका ७७ वटै जिल्लाका इन्चार्ज (सूचिसहित)

काठमाडौँ । नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन, केन्द्रीय कमिटीमा मनोनयन, प्रदेश र जिल्ला इन्चार्ज तोकेको हो ।

जिम्मेवारी अनुसार पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली चितवन जिल्ला इन्चार्ज बनेका छन् । काठमाडौँको जिम्मेवारी आनन्दप्रसाद पोखरेलले पाएका छन् ।

पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले काभ्रेपलाञ्चोक, भक्तपुर महेश बस्नेत, ज्वालाकुमारी साहलाई बारा, विशाल भट्टराईलाई खोटाङ पाएका छन् ।

विज्ञापन

त्यसैगरी गणेशसिंह ठगुन्नालाई दार्चुला, ठाकुरप्रसाद गैरेलाई पाल्पा, जुलीकुमारी महतोलाई धनुषा, निरुदेवी पाललाई कञ्चनपुर, नरुलाल चौधरीलाई दाङ, सूर्य थापालाई प्युठान, पार्वत गुरुङलाई दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

अन्य पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यले पनि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्र तथा क्षेत्रगत फाँटको इन्चार्ज, प्रमुख तथा संयोजकको जिम्मेवारी पाएका छन् । यस्तै एमालेले निर्वाचन क्षेत्रको जिम्मेवारी पनि नेताहरूलाई तोकेको छ ।

1234567891011121314151617

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार