होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरियो
समाचार

बाजुरामा २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरियो

  • नागरिक रैबार
बाजुरामा २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरियो

नागरिक रैबार/बाजुरा १५ असार।बाजुरा जिल्लाका विभिन्न स्थानमा आज धान दिवस मनाईएको छ । २० औं राष्ट्रिय धान दिवस को अवसरमा जिल्लाका ९ वटै स्थानीय तहका कृषि शाखाले कृषहरुको खेतमै पुगेर धान दिवस तथा रोपाई महोत्सव गरेर मनाएका हुन् ।

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको थियो ।

बडीमालिका नगरपालिकामा भने कृषि ज्ञान केन्द्र बाजुराको आयोजना तथा समन्वयमा दिवस मनाइएको हो । दिवसको अवसरमा कृषि ज्ञान केन्द्र बाजुराले धान दिवसको औचित्य र यसको महत्वबारे सरोकारवाला निकायहरुलाई जानकारी गराउँदै बडीमालिका ९ मा रहेको गणखेतमा रोपाई दिवस मनाएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

विज्ञापन

May be an image of 7 people and grass

जिल्लाका कतिपय स्थानहरुमा अझैपनि आकासे पानीको भरमा धान रोपाई हुँदै आएको छ । प्रयाप्त सिंचाई अभाव र मनसुन सक्रिय नुहँदा यस वर्ष समयमै रोपाई हुन् नसकेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

मार्तडीमा गरिएको धानदिवस कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले धान रोप्नका लागि सिंचाईको अति आवश्यकता भएकोले स्थानीय, प्रदेश र स‌घ सरकारले आवश्यक लगानी गर्नुपर्ने बताएका थिए ।
May be an image of 12 people, mountain and fog

कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरी प्रसाद पनेरुकाे अध्यक्षतामा गरिएको धान दिवस कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख तुलसीराम राेकाया, विशिष्ट अतिथि बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का, उपप्रमख नन्दा थापा, प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का रहेका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकाय पत्रकार लगायतको सहभागीता रहेको थियो ।धान दिवसको अवसरमा सहभागीहरुलाई दही चिउरा समेत प्रदान गरिएको थियो ।

नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निणर्य अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै