होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले संसदीय दलको बैठक बस्दै, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी
समाचार

एमाले संसदीय दलको बैठक बस्दै, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी

  • नागरिक रैबार
एमाले संसदीय दलको बैठक बस्दै, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफ गर्न दलको बैठक बोलाइएको हो । विशेषगरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको छ ।

एमालेले सोही प्रहरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्ने तयारी समेत गरेको छ । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको एमाले नेताहरुले आरोप लगाउँदै आएका छन् ।  खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै