होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • राष्ट्रपति निर्वाचन : आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम
Breaking News

राष्ट्रपति निर्वाचन : आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम

  • नागरिक रैबार
[sharethis-inline-buttons]
राष्ट्रपति निर्वाचन : आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम

काठमाडौं, फागुन १४ । राष्ट्रपति पदको निर्वाचन तालिकाबमोजिम आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान १० देखि २ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका रहेको छ।

गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रपतिका लागि आकाङ्क्षी पाँच जना रहे पनि तीन जनाले प्रस्तावक र समर्थक नपाउँदा दुई जनाको मात्र उम्मेदवारी परेको हो।

निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि ३ बजेभित्र दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । फागुन २५ गते हुने मतदानमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

विज्ञापन

आठ राजनीतिक दलको समर्थनमा ७८ वर्षीय पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएका हुन् भने नेम्वाङले उम्मेदवारी दर्ता गराउँदा नेकपा (एमाले)बाहेकको दलको प्रतिनिधित्व थिएन। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी भने राष्ट्रपति पदमा कसलाई समर्थन गर्ने भन्ने विषयमा अनिर्णीत छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै