होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै
Breaking News

राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

काठमाडौं: फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज शनिवार मनोनयन दर्ता गरिँदैछ।

निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ताको समय तोकिएको छ। मनोनयन दर्ताको पूर्व सन्ध्यामा शुक्रवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत ८ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन्।

शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको हो। ८ दलभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै