नागरिक रैबार/बाजुरा ६ साउन। नेपाली काँग्रेसका संस्थापक सभापति पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाजुराले वृक्षारोपण गरेर दिवस मनाएको छ ।
नेपाली काँग्रेस बाजुरा र बडीमालिका नगर कार्य समितिको संयुक्त आयोजनामा शनिबार मार्तडीस्थित पार्टी कार्यालय परिसरमा विभिन्न प्रजातीका ५० बढी बोट बिरुवा रोपेको हो ।
मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि आजिवन संघर्ष गरेका आफ्ना संस्थापक नेता विपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएकाले नेपाली कांग्रेसले वर्षेनि साउन ६ गतेको दिनलाई विपी स्मृति दिवसको रुपमा मनाउने गरेको छ ।
वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस बाजुराका निवर्तमान सभापति कविराज पण्डित, सहित जिल्ला कार्य समिति सदस्य,नेविसंघ,तरुण दल दलित,संघ,महिला संघ र नेपाल प्रेस युनियनका आवद्ध पत्रकारहरु सहभागी थिए ।
फेसबुक प्रतिक्रियाहरु