होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति छैन : भट्टराई
समाचार

माधव नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति छैन : भट्टराई

  • नागरिक रैबार
माधव नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति छैन : भट्टराई

दैलेख : नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति नहुने बताएका छन्। राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका एमाले सचिव भट्टराईले नेपालको राष्ट्रपतिमा प्रस्ताव आए एमाले लचक हुने बताएका हुन्।

‘कांग्रेसको राष्ट्रपति हुने कुराको कुनै पनि औचित्य छैन्, माधव नेपाल जी हुनुहुन्छ भने ठिक छ, उहाँले कांग्रेस माओवादी लगाएतका दलको समर्थन लिनुहुन्छ भने हामी सकारात्मक छौँ भनेर हाम्रो अध्यक्ष केपी ओलीले संकेत गर्नुभएको हो।’ मंगलबार प्रेस चौतारी नेपाल, दैलेखले आयोजना गरेको पत्रकार भेटघाटमा सचिव भट्टराईले भने ‘नेपाल राष्ट्रपति भएपनि नेकपा एमालेको समर्थनमा हुने हो, यसमा हामी लचक छौँ।’

एमालेले माओवादी केन्द्रबाट उद्धार खोजेको हो ? भन्ने प्रश्नमा भट्टराईले भने ‘एमाले नेपालको राष्ट्रिय राजनीतिको मियो हो, हामीले माओवादीबाट उद्धार खोजेको छैनौँ।’

उनले एमालेको मियोमा नेपालका सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने बताए। नेपालका अरु कुनै पनि दलको मियोमा नेपालको कम्युनिष्टहरु एक ठाउँमा हुन नसक्ने सचिव भट्टराईको दाबी छ।

कांग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा राख्यो

एमाले सचिव भट्टराईले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई वर्तमान सत्ता गठबन्धनबाट समर्थन गर्ने कुरा नैतिक रुपमा पनि नमिल्ने बताए। गत पुस १० मा आफू प्रधानमन्त्री बन्ने र राष्ट्रपति र सभामुख एमालेलाई भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रस्ताव गरेको भट्टराईको भनाई छ।

नेपाली कांग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा राखेको उनले बताए। ‘उहाँ (प्रचण्ड) लाई कांग्रेसले सडकमा फालेको थियो, उहाँ हामीलाई खोज्दै आउनुभयो, हामीले उद्दार गरेका हौँ,’ उनले भने, ‘त्यसपछि सिंहदरबारमा पुर्‍यायौँ,’ उनले भने। भट्टराईले प्रचण्ड नेपाली राजनीतिको अस्थिर नेता रहेको टिप्पणी गरे। अन्नपूर्णपोष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै