काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।
बैठक गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार साँझ ६ बजेका लागि बैठक बोलाइएको छ ।
गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरेपछि सो गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी (जसपा नेपाल) प्रधानमन्त्री प्रचण्डसँग सशंकित हुँदै आएको छ ।
साथै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि छानबिन गर्ने बाटो खोलिदिए पछि गठबन्धन संकटमा परिरहेको बेला मोर्चाको बैठक बस्न लागेको हो । यसअघि तय भएका बैठक विभिन्न कारणले सर्दै आएको थियो ।
फेसबुक प्रतिक्रियाहरु