होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वास्थ्य मन्त्री बस्नेतलाई एमाले स्वास्थ्य विभागले बुझायो ज्ञापनपत्र
समाचार

स्वास्थ्य मन्त्री बस्नेतलाई एमाले स्वास्थ्य विभागले बुझायो ज्ञापनपत्र

  • नागरिक रैबार
स्वास्थ्य मन्त्री बस्नेतलाई एमाले स्वास्थ्य विभागले बुझायो ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको विभागका सदस्यहरूको टोलीले मंगलबार मन्त्री बस्नेतलाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा प्रत्येक अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्नका लागि छुट्याएर सम्पूर्ण उपचार निःशुल्क गर्नु र्ने नियम लागू गर्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई सहजीकरण गर्नुपर्ने, आधारभूत स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरूको निर्माण चाँडो सम्पन्न हुनुपर्ने माग गरिएको छ । त्यसैगरी चिकित्सक र स्वास्थ्यकर्मीको विदेश पलायन रोक्न विशेष कार्यक्रम ल्याउनु पर्ने, सरुवा रोगको संक्रमण रोक्न पूर्वतयारी गर्नुपर्ने, कर्मचारीको सरुवामा एकरुपता ल्याउनु पर्ने, स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनु पर्ने र डाइलासिससहित अस्पतालमा हुने अप्रेसनका लागि लामो पालो कुर्नुपर्ने अवस्था अन्त गर्नुपर्ने लगायतका छन् ।

ज्ञापन पत्र ग्रहण गर्दै स्वास्थ्य मन्त्री बस्नेतले ज्ञापन पत्रमा समावेश गरिएका ११ वटै बुँदाका विषयमा आफू जानकार रहेको र सुधारका लागि काम अगाडि बढाइसकेको बताए । आफूले मन्त्रालय सम्हालेकै दिनदेखि विपन्नको सहज उपचारका विषयमा चिन्तित भएर लागेको बताउँदै हरेक अस्पतालले १० प्रतिशत शैयामात्र निःशुल्क नभएर उपचार पनि निःशुल्क हुनुपर्ने मान्यताका साथ काम भइरहेको र धेरै अस्पतालले लागू पनि गरिसकेको उनले जानकारी दिए । राताेपाटी बाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै