नागरिक रैबार/बाजुरा ३ असार।बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ६ स्थित फालासैनमा मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुने भएको छ ।
भवनको आज बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले सिलान्यास गरेका छन् । बुढीगगा नगरपालिकाकाे १५ लाख लगानीमा उक्त पुस्तकालय भवन निर्माण हुन् लागेकाे बताइएको छ । भवन निर्माणको काम भने उपभोक्ता समिति मार्फत गरिने भएको छ ।
नगरभित्रका युवाहरूलाई खोज तथा अध्ययन अनुसन्धानमा प्रेरित गर्ने उध्येश्यले मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुन् लागेको नेकपा एमाले बुढीगगा नगर कमिटीका अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु