होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • शैक्षिक सत्र शुरु हुनु अगावै बाजुरामा पुगे पाठ्यपुस्तक
Breaking News

शैक्षिक सत्र शुरु हुनु अगावै बाजुरामा पुगे पाठ्यपुस्तक

  • नागरिक रैबार
शैक्षिक सत्र शुरु हुनु अगावै बाजुरामा पुगे पाठ्यपुस्तक

राजेन्द्र बिक /बाजुरा ३बैशाख । हिमाली जिल्ला बाजुरामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेका छन् । पहिलो चरणमा जिल्लाका बडिमालिका र बुढिगंगा नगरपालिकाका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक सदरमुकाम मार्तडीमा आइपुगेको डेल्टा स्टेशनरीका सञ्चालक नृप खातिले बताएका छन् ।

बडिमालिका र बुढिगंगा नगरपालिकाका सामुदायिक बिद्यालयका कक्षा १ देखि १० सम्मका आवस्यक किताब जिल्लामा पुगिसके बांकी ढुवानीकै क्रममा छन् खातिकाे भनाई छ ।

सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णय बमोजिमनै किताब आउने क्रम जारी रहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ बाजुराका प्रमुख हर्क सिंहले बताएका छन्।

विज्ञापन

विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि किताब  नपुग्ने बाजुरामा यो वर्ष समयमै किताब आएकाले विद्यार्थीहरु पनि निकै खुशी देखिएका छन्।

जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै किताब छापेकाले चाँडै ल्याउन सकिएको यहाँका स्टेशनरी सञ्चालकहरुको भनाइ रहेको छ। स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीले आउँदाे शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई किताब बिक्री गर्न थालिसकेका छन् ।

जिल्लामा संचालित २सय ३७ ओटा सामुदायिक विद्यालयमा रहेका जिल्ला शिक्षा तथा समन्वय इकाइ बाजुराले जनाएको छ । । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बाजुरामा पनि त्यहीअनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै